मंगलबार सेयर बजारको परिसूचक नेप्से ५६.९४ अंक बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २१८६ अंकमा पुगेको छ । त्यस्तै ५ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भयो । १८७ कम्पनीको मूल्य बढ्दा ३४ को घट्यो भने ४ को स्थिर रहृयो ।
यस दिन बैंकिङ, फाइनान्स र माइक्रोफाइनान्समा लगानीकर्ताको आकर्षण देखियो । बैंकिङ ३.९, फाइनान्स ४.४ र माइक्रोफाइनान्स उपसमूह ८.९ प्रतिशत बढ्यो । बैंकिङ ४८, विकास बैंक ५३, फाइनान्स ८३, होटल तथा पर्यटन ६०, जलविद्युत् ३९, जीवन बीमा ९४, माइक्रोफाइनान्स ३५३, अन्य ३१ अंक बढे । उत्पादन १०, निर्जीवन बीमा १५ र ब्यापार उपसमूह १८ अंक घटे । साढे २ दर्जन लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा स्वाभिमान लघुवित्त, शिवम् सिमेन्ट, सोल्टी होटल, आईजीआई प्रुडेन्सियल र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।
निर्धन उत्थान, डिप्रोक्स, ग्रामीण विकास, किसान, नेरुडे, मिर्मिरे, विजय, जनउत्थान, लक्ष्मी लघुविक्त, एनएमबी माइत्रोफाइनान्स, सूर्योदय वमी, फर्वाड, मेरो, समता, स्वाभिमान, इनिफिनिटी, सबैको, स्वाभिमान, एनआईसी एसिया माइक्रोफाइनान्स, महिला, जीवन विकास, उपकार, युनिक नेपाल, बीपीडब्लू, नेस्डो, विन नेपाल, नेसनल, आरएसडीसी, आरम्भ चौतारी, जल्पा, सिर्जनशील, लक्ष्मी लघुवित्तको मूल्य ९.९ देखि १० प्रतिशतसम्म बढ्यो । त्यस्तै सिटी होटल, माउन्टेन इनर्जी र हिमालयन लाइफ इन्स्योरेन्सको मूल्य पनि १० प्रतिशत बढ्यो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३