प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले केही समयभित्रै सबै माओवादीहरु एक ठाउँमा आउने घोषणा गरेका छन् । हालै समाजवादी मोर्चा गठन गरेर हौसिएका प्रधानमन्त्री दाहालले केही समयभित्रै सबै माओवादीहरु एक ठाउँमा आउने दाबी गरेका हुन् ।
पार्टीनिकट अखिल क्रान्तिकारीको स्ववियु काउन्सिलको आज भएको भेलालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले भने,‘माओवादीहरु विभाजित हुँदा भ्रम छर्ने र सखाप पार्न विभिन्न शक्तिहरु लागेका छन् । हामीलाई घेरा हाल्ने र सखाप पार्ने प्रतिक्रियावादी रणनीति थियो । हाम्रा सिंग छन्, दाह्रा छन् भनेर अपराधीकरण गरियो । हामीलाई सखाप पार्ने अभियानको प्रतिवाद गरेर अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौं ।’
उनले अहिले पनि प्रतिक्रियावादी जाली र फटाहाहरुको त्यही नीति रहेको टिप्पणी गरे । उनले आफूहरु भने अहिलेपनि जनयुद्धकालमा भएको डिजाइनअनुसार अघि बढिरहेको बताए । उनले माओवादी आन्दोलनमाथि भ्रम फैलाउनेहरुको घेरा तोड्दै प्रतिवाद गर्न निर्देशन दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३