तारकेश्वर नगरपालिकाले वातावरण संरक्षण गर्ने उदेश्यले – ६ स्थित धर्मस्थली नगरपालिका अगाडि चौरमा वृक्षारोपण गरेको छ । हरित नगरपालिका बनाउने उदेश्यले विभिन्न फल दिने बिरुवा – अम्बा, ओखर लगाएत कपुर गरि ३५ सय बिरुवा वृक्षारोपण गर्ने र १ देखि ११ वटा वडामा वृक्षारोपण गर्ने कार्यक्रम रहेको नगर प्रमुख कृष्णहरि महर्जनले जानकारी दिए ।
तारकेश्वरका उपप्रमुख सिर्जना बुर्लाकोटि अर्यालले ‘नगरपालिकाले वातावरण संरक्षण गर्नुपर्छ बोटबिरुवा हुर्काउन पर्छ भनेर र प्लटिङले गर्दा विभिन्न स्थानमा रुखहरु फडानी भएकोले पहिरो रोकथाम र वातावरणलाई हरियाली हुने भएकोले वृक्षारोपण गरिएको जानकारी दिइन् ।
प्रमुख प्रशासकीय अधिकृत डा. कृष्ण बहादुर घिमिरेले वृक्षारोपण गर्ने नेपाल सरकारको अभियान अनुसार तिनै तहको सरकारको सहयोग रहेको बताए । नगरको जनप्रतिनिधिहरुले खाली ठाउँ हरियाली बनाउने उदेश्यले फलफूल सहितको पाचँ हजार बिरुवा नगरमा ल्याईसकेको र ११ वटै वडामा विरुवा रोप्नने पनि जानकारी दिए। हाल काठमाडौ जिल्ला सम्वन्य समिति र जे.भि. फाउन्डेसनले बिरुवा सहयोग गरेर नगरपालिकाले वृक्षारोपण गरेको पनि घिमिरेले बताए ।
वृक्षारोपण कार्यक्रममा नगरका जनप्रतिनिधि, कर्मचारी, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३