सशस्त्र प्रहरीले प्रतिबन्धित लागूऔषध चरेशसहित भरियाहरुलाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म भन्सार वीरगंजले १५ किलो चरेश सहित दुईजनालाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरीको सिमा सुरक्षा गुल्म वीरगंजले विशेष सूचनाको आधारमा भारतबाट नेपाल तर्फ आउदै गरेको भारतीय प्लेटको मोटरसाइकलको ट्यान्की भित्र लुकाई राखेको अवस्थामा ५०० ग्रामको ३० प्याकेट भित्र १५ किलो ग्राम चरेश पक्राउ गरेको सिमा सुरक्षा वीरगंज गुल्मका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक रामजङ्ग पाण्डेले जानकारी दिए ।
त्यसैगरी पक्राउ पर्नेमा पटेर्वा सुगौलीका सत्यनारायण माझी र प्रहलाद माझी रहेका छन्। उनीहरुको साथबाट मोटरसाइकल समेत बरामद गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७