रोजगारीका लागि दक्षिण कोरिया पठाउने सम्वन्धी भन्दै कतिपय व्यक्तिले सामाजिक सञ्जालमा भ्रामक सुचना प्रशारित गरेको भन्दै वैदेशिक रोजगार विभागले त्यसमा सजग रहन अपिल गरेको छ । इपिएसको लोगो, लेटरप्याड राखेर नक्ककली फेसबुक पेज खोल्ने, भ्रामक कुरा लेखर जथाभावी पोष्ट गर्ने गरिएको भन्दै त्यसमा सजग रहन विभागले अपिल गरेको हो ।
विभागले जारी गरेको सुचनामा भनिएको छ, साउन ८ गते इपिएस कोरिया शाखाको लेटरप्याडमा तत्काल नेपालबाट कुनै पनि कामदार कोरिया नभित्रियाउने सम्वन्धी अत्यन्त जरुरी सुचना भनेर गलत सुचना निकालिएको र त्यस्ता व्यक्तिलाई विद्युतीय कारोवार ऐन अनुसार साइवर अपराधमा हदैसम्मको सजाय हुने गरी प्रहरी मार्फत प्रकृया अगाडी बढाइएको छ । विभागले दक्षिण कोरियाको रोजगारीका सम्वन्धमा एपिएस शाखाको आधिकारिक वेभसाइट www.epsnepal.gov.np तथा एपिएस कोरिया शाखाले राष्ट्रिय स्तरका पत्रिकामा प्रकाशित गरेका सूचना हेर्न आग्रह गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३