पर्सा प्रहरीले गत आर्थिक बर्षमा ४८ करोड भन्दा बढीको अवैध सामानहरु नियन्त्रणमा लिई राज्शव अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले गत आर्थिक बर्ष ०७९/८० को एक बर्षमा ४८ करोड ९ लाख ६४ हजार ६४६ रुपैया बराबरको अवैध सामानहरु बरामद गरि राज्शव अनुसन्धानमा बुझाएको हो।
पर्सा प्रहरीले सो रकम बराबरको अवैध भन्सार छलि नेपाल भित्राएको खाघान्न, लत्ताकपडा, हाडयेवर, आईसिपी भन्सार वीरगंजबाट भन्सार भई जाँचपास भएको प्रङ्गापन पत्र भन्दा बढी भन्सार छलेर लगिरहेको ट्रकबाट अवैध सामान बरामद गरेको प्रहरीले पत्रकार सम्मेलन मार्फत जनाकारी दियो ।
त्यसै गरि प्रहरीले गत आर्थिक बर्षको ०७९/०८० मा विभिन्न किसिमको २ हजार २ सय ७२ वटा मुद्दा दर्ता गरेको छ भने त्यसमध्ये १ हजार ८ सय ७६ वटा मुद्दा फर्छौट गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । त्यसैगरि पर्सा प्रहरीले मिटरब्याजीमा १ हजार ३ सय २१ निवेदन परेकोमा ४९९ जनालाई बोलाई छलफल गर्दा २८० मिलापत्र भएको छ भन्ने २ जना माथि मिटरब्याजी मुद्दा चलाएको एसपी साहले जानकारी दिए ।
प्रहरीले अवैध लागु औषध गाँजा १ हजार १ सय ६५ किलो, चरेश १ सय १४ केजी , हिरोईन ७८.५ ग्राम, फेनारगन ७ हजार ४ सय ८९ एम्पुल, डाईजिल्याब १० हजार ४ सय ८१ एम्पुल, नुर्फिन ८ हजार ८ सय ४० एम्पुल, नाट्रभेटट्याब्लेट २७ हजार ७ सय ४३ पिस र कोरेक्स ४ हजार ५ सय ६८ बोतल सहित ४ सय ३७ जनालाई पक्राउ गरि लागु औषध कसूरमा ३ सय २ वटा मुद्दा दर्ता चलाएको छ ।
त्यस्तै १ करोड ९३ लाख ६६ हजार ३ सय रुपैयासहित हुण्डी कारोवारमा संलग्न रहेको २२ जनालाई प्रकाउ गरी राजश्व अनुसन्धान विभागमा रकम बुझाईएको र पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयबाट वित्तीय कारोबार कसुर ऐन अनुसार मुद्धा चलाएको उपरीक्षक शाहले बताए ।
पर्सा जिल्लामा विभिन्न मुद्धामा जिल्ला अदालत पर्साले सजाय तोकेको र विभिन्न मुद्दामा फरार रहेका १ हजार २० जनालाई प्रहरीले पक्राउ गरि १ करोड ३९ लाख ८५ हजार १ सय ४३ रुपैया जरिवाना र ७९ बर्ष १० महिना २६ दिन कैद सहित रकम असुलि गर्न सफल रहेको पर्सा प्रहरीले जनाएको छ।
यसरीनै प्रहरीले यौनजन्य क्रियाकलाप रोक्नको लागि मानव बेचबिखन ४, शाररीक बन्धकतर्फ २ र शान्ति सुरक्षा सार्वजनिक मुद्दा तर्फ ५६ जना पक्राउ गरि ६७ वटा मुद्दा चलाएको छ भने अवैध काठसहित ९ जना, साईकल ५० , मोटरसाइकल ५ वटा गरि करिब ७ लाख ६४ हजार ९ सय ९२ रुपैया बराबरको राजश्वमा बुझाएको र घरेलु मदिरा बनाउने भट्टी १ सय ३ वटा नष्ट गरि तयारी मदिरा १६ हजार ४ सय ७१ र कच्चापदार्थ ४७ हजार ६ सय ३० लिटर नष्ट गरेको प्रहरी जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३