नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष ०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको बताएका हुन् ।
निर्देशक घिसिङले आर्थिक वर्ष ०७७/७८ मा प्राधिकरणको नाफा ६ अर्ब १० करोड रूपैयाँ रहेकोमा आर्थिक वर्ष ०७८/७९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड पुगेको भए पनि आर्थिक वर्ष ०७९/८० मा नाफा घटेको बताए । उनले गत आवमा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुको विद्युत उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत आयात केही बढ्दा नाफा प्रभावित बनेको बताए। उनले प्राधिकरणले विद्युत बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्ष अघि करिव ८१ अर्ब रूपैयाँ रहेकोमा अहिले बढेर करिव १ खर्ब १८ अर्ब पुगेको उल्लेख गरे । उनले प्राधिकरणको सञ्चिति नाफा ११ अर्बबाट दुई वर्षमा बढेर ३६ अर्ब ६७ करोड रूपैयाँ पुगेको बताए ।
निर्देशक घिसिङले विगत दुई वर्षमा प्राधिकरणले आफ्नै स्रोतबाट करिव ४८ अर्ब बराबरको रकम प्रशारण तथा वितरण प्रणालीमा बिस्तार र सुधारमा लगानी गरिएको दाबी गरे । उनले प्राधिकरणले सरकारको कोषमा सावाँ,ब्याज र रोयल्टी गरी करिव ३० अर्ब जम्मा गरेको पनि जानकारी दिए । निर्देशक घिसिङले सिस्टममा समस्याका कारण पछिल्लो समय झ्याप–झ्याप बिजुली जाने गरेको जानकारी दिए । उनले प्रशारण लाइनमा गडबड भइरहेने भएकाले लाइन जाने आउने समस्या हुन थालेको पनि जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३