Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८० आश्विन १०, बुधबार

    ट्रेन्डीङ्ग

  • शिक्षक आन्दोलन
  • भारत–क्यानडा तनाव
  • नेम्वाङको निधन
  • डेंगु संक्रमण
  • गोलभेडाको मूल्य वृद्धि
  • आङ सान सुकी
  • कोशी प्रदेश
  • सुन प्रकरण
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

सिमीबाट मनग्य आम्दानी, सिमी जोनद्वारा ढुवानीमा अनुदान

१२ घण्टा अघि
२

मंगोलियालाई २७३ रनले पराजित गर्दै नेपाल विजयी

१४ घण्टा अघि
३

टी–२० आई क्रिकेटमा कुशलले बनाए विश्व कीर्तिमानी : ३४ बलमा शतक

१४ घण्टा अघि
४

पठन पाठन पछिको समयमा व्यावसायिक केरा खेती गर्ने हेडसर

१ दिन अघि
५

एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी

२ दिन अघि
६

फार्मेसीभन्दा फार्मासिस्ट कम हुनु दुर्भाग्य : स्वास्थ्यमन्त्री बस्नेत

२ दिन अघि
७

आज सुनचाँदीको मूल्य स्थिर

२ दिन अघि
८

नेपाल र चीनबीच १२ सम्झौता र एक समझदारी

२ दिन अघि
९

राहत र पेन्सन बन्चित शिक्षकहरूको आन्दोलन आजदेखि थप शसक्त बन्दै

३ दिन अघि
१०

शिक्षक र सरकारबीच ७ बुँदे सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता

५ दिन अघि
११

शिक्षण संस्थाहरूलाई अशान्त हुन नदिने कुरामा सरकार गम्भीर छ : गृहमन्त्री श्रेष्ठ

६ दिन अघि
१२

भारत–क्यानडा तनाव : पश्चिमी देशहरूमा फैलिएको डर

६ दिन अघि

धेरै पढिएका

१

लागुऔषध दुरव्यसनीको उपचार केन्द्र ‘मुक्तिदाय सेवा’ ले मनायो १०औं वार्षिक उत्सव

३ हफ्ता अघि
२

४५ सेकेण्ड श्रीमतीकाे गाडी राेकिदा बालेनले दिए सिंहदरवार जलाउने धम्की

३ हफ्ता अघि
३

निर्मल बाटिकाले सम्पन्न गर्यो ह्याकाथुन, योङ इन्नोभेटर अवार्ड बेदब्यास र साहारालाई

२ हफ्ता अघि
४

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२ हफ्ता अघि
५

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

२ हफ्ता अघि
६

एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानसंग नेपाल फराकिलो रनको अन्तरले पराजित

४ हफ्ता अघि
७

काठमाडौं ट्रान्जिट गरेर भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै निगम

१ महिना अघि
८

बोल्ड एण्ड ड्यासिङ होण्डा एलिभेट सार्वजनिक, यस्तो छ मूल्य

१ हफ्ता अघि
९

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा पूर्व मेयरसहित १० जना विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

४ हफ्ता अघि
१०

हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

२ हफ्ता अघि
११

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ताम्रकारको उम्मेदवारी घोषणा

४ हफ्ता अघि
१२

मारवाडी सेवा समितिले २० वर्षदेखि कब्जा गरेको गौशाला धर्मशाला अब मुक्त हुने

१ हफ्ता अघि

प्रहरी परिसर काठमाडौं : बैंकिङ कसुर बढ्दो, अनलाइन सपिङबाटै बढ्यो ठगी – एक महिनामै २२ सय मोबाइल हराए

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८० भाद्र २, शनिबार (१ महिना अघि)

  • १५७ पटक पढिएको
  •  पछिल्लो समय बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ पर्नेहरूको सङ्ख्या बढ्दो छ । काठमाडौं जिल्लाको मात्रै तथ्यांक हेर्दा पनि एक महिनामै पाँच सय भन्दा बढी बैंकिङ कसुरका मुद्दा दायर भएको देखिन्छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चालू आर्थिक वर्षको पहिलो साउन महिनामा काठमाडौंमा मात्रै ५६० वटा मुद्दा दायर भएका छन् । गत आवको सोही अवधिमा यस्ता मुद्दाको सङ्ख्या ५१६ रहेको थियो ।

    यस मुद्दामा पक्राउ पर्ने भन्दा फरार हुनेको सङ्ख्या धेरै रहेको छ । साउन महिनामा बैंकिङ कसुरमा २१२ जनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्य फरार सूचीमा रहेका छन् । गत आवको सोही अवधिमा यस्ता मुद्दामा ८१ जना पक्राउ परेका थिए ।

    गत साउन महिनामा विभिन्न अपराधमा एक हजार २७५ वटा मुद्दा दर्ता भएका छन् । जसमा ७६० जना पक्राउ परेका छन् । यसमध्ये पनि सबैभन्दा बढी बैंकिङ कसुरका रहेका छन् । गत आवको सोही अवधिमा एक हजार ४७ वटा मुद्दा दर्ता भएकोमा ७४१ जना पक्राउ परेका थिए ।

    त्यस्तै, चालू आवको साउनमा जिल्ला प्रहरी परिसर काठमाडौंमा ३५ वटा ठगिएका मुद्दा दर्ता भएका छन् भने ५५ वटा चोरी सम्बन्धीका रहेका छन् । जुवा सम्बन्धी १७ वटा मुद्दा दर्ता भएका छन् । जसमा ११३ जना पक्राउ परेका छन् ।

    अनलाइन सपिङबाटै बढ्यो ठगी

    काठमाडौंमा अनलाइन ‘सपिङ’ मार्फत ठगी गरेका घटना बढ्दो क्रममा रहेको पाइएको छ । प्रहरीकोमा पुगेको उजुरी हेर्दा गत साउन महिनामा मात्रै अनलाइनमा सामान तथा सेवा खरिद बिक्री गर्दा ठगी गरेको आरोपमा ११ वटा मुद्दा दर्ता भएका छन् । जसमा दुई लाख ७५ हजार रुपैयाँ ठगिएको उजुरीमा उल्लेख छ । गत आवको सोही अवधिमा यस्ता मुद्दा ७ वटा परेका थिए । जसमा एक लाख १८ हजार पाँच सय ठगी भएको थियो ।

    त्यस्तै, गत साउन महिनामा वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३९ लाख ४३ हजार रुपैयाँ ठगी भएको छ ।  यस अवधिमा पार्सल तथा डलर कर बापतको रकम जम्मा गर्न लगाई २१ लख ७२ हजार ४६०, बैंक खातामा अनधिकृत पहुँच पुर्‍याइ एक लाख ५३ हजार रकम चोरी, सामाजिक सञ्जालमा पहुँच पुर्‍याइ ५० हजार, रकम डबल हुन्छ भन्दै ९० हजार पाँच सय रुपैयाँ ठगी भएको प्रहरीले जनाएको छ ।

    चालू आवको साउन महिनामा ६५ जनाले ८७ लाख ६ हजार ८१० रुपैयाँ ठगी भएको भन्दै प्रहरी गुहारेका छन् । यसरी नै ठगीमा परेको भन्दै गत आवको साउनमा ४८ जनाले ६३ लाख ३५ हजार ९९० रुपैयाँ बराबरको उजुरी प्रहरीकोमा दिएका थिए ।

    एक महिनामै २२ सय बढी मोबाइल हराए 

    एक महिनामै दुई हजार दुई सय भन्दा बढी मोबाइल फोन हराएका छन् । काठमाडौंमै चालू आवको साउन महिनामा दुई हजार दुई सय ८७ वटा मोबाइल फोन हराएका हुन् । जसमा ३९७ वटा फेला परेका छन् भने एक हजार ८९१ फेला पर्न बाँकी रहेको छ ।

    गत आवको साउन महिनामा एक हजार ६१२ वटा मोबाइल फोन हराएका थिए । जसमा ९० वटा फेला पारेर प्रहरीले सम्बन्धित धनीलाई दिएको थियो भने एक हजार ५२२ वटा फेला नपरेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मंगोलियालाई २७३ रनले पराजित गर्दै नेपाल विजयी
    हरप्रहर

    मंगोलियालाई २७३ रनले पराजित गर्दै नेपाल विजयी

  • एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी
    एमाले

    एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी

  • फार्मेसीभन्दा फार्मासिस्ट कम हुनु दुर्भाग्य : स्वास्थ्यमन्त्री बस्नेत
    हरप्रहर

    फार्मेसीभन्दा फार्मासिस्ट कम हुनु दुर्भाग्य : स्वास्थ्यमन्त्री बस्नेत

  • नेपाल र चीनबीच १२ सम्झौता र एक समझदारी
    हरप्रहर

    नेपाल र चीनबीच १२ सम्झौता र एक समझदारी

  • ताजा खबर
  • १

    सिमीबाट मनग्य आम्दानी, सिमी जोनद्वारा ढुवानीमा अनुदान
    १२ घण्टा अघि

  • २

    मंगोलियालाई २७३ रनले पराजित गर्दै नेपाल विजयी
    १४ घण्टा अघि

  • ३

    टी–२० आई क्रिकेटमा कुशलले बनाए विश्व कीर्तिमानी : ३४ बलमा शतक
    १४ घण्टा अघि

  • ४

    पठन पाठन पछिको समयमा व्यावसायिक केरा खेती गर्ने हेडसर
    १ दिन अघि

  • ५

    एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी
    २ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution