एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीमै रहेर केही व्यक्तिहरूले पार्टीको बदख्वाइँ गरेको आरोप लगाएका छन्।
मङ्गलबार पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै नेता खनालले पार्टीमै रहेर केही व्यक्तिहरूले पार्टीको बदख्वाइँ गरेको आरोप लगाएका हुन्।
उनले भने, ‘हाम्रो पार्टी हामीले चाहे जसरी अगाडि बढ्न सकेको छैन। पार्टी पङ्क्तिमा आलस्य, निराशा, निष्क्रियता, पलायनता जस्ता कमजोरी देखिएका छन्। यस प्रकारका कमजोरी देखिनुका विभिन्न कारणहरू छन्। सबभन्दा प्रमुख कारण पार्टीमै रहेका कतिपय व्यक्तिहरूबाट पार्टीको बदख्वाइँ गर्ने अनुशासनहीन र अराजक कार्य हो।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७