Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८० आश्विन १०, बुधबार

    ट्रेन्डीङ्ग

  • शिक्षक आन्दोलन
  • भारत–क्यानडा तनाव
  • नेम्वाङको निधन
  • डेंगु संक्रमण
  • गोलभेडाको मूल्य वृद्धि
  • आङ सान सुकी
  • कोशी प्रदेश
  • सुन प्रकरण
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

सिमीबाट मनग्य आम्दानी, सिमी जोनद्वारा ढुवानीमा अनुदान

१२ घण्टा अघि
२

मंगोलियालाई २७३ रनले पराजित गर्दै नेपाल विजयी

१४ घण्टा अघि
३

टी–२० आई क्रिकेटमा कुशलले बनाए विश्व कीर्तिमानी : ३४ बलमा शतक

१४ घण्टा अघि
४

पठन पाठन पछिको समयमा व्यावसायिक केरा खेती गर्ने हेडसर

१ दिन अघि
५

एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी

२ दिन अघि
६

फार्मेसीभन्दा फार्मासिस्ट कम हुनु दुर्भाग्य : स्वास्थ्यमन्त्री बस्नेत

२ दिन अघि
७

आज सुनचाँदीको मूल्य स्थिर

२ दिन अघि
८

नेपाल र चीनबीच १२ सम्झौता र एक समझदारी

२ दिन अघि
९

राहत र पेन्सन बन्चित शिक्षकहरूको आन्दोलन आजदेखि थप शसक्त बन्दै

३ दिन अघि
१०

शिक्षक र सरकारबीच ७ बुँदे सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता

५ दिन अघि
११

शिक्षण संस्थाहरूलाई अशान्त हुन नदिने कुरामा सरकार गम्भीर छ : गृहमन्त्री श्रेष्ठ

६ दिन अघि
१२

भारत–क्यानडा तनाव : पश्चिमी देशहरूमा फैलिएको डर

६ दिन अघि

धेरै पढिएका

१

लागुऔषध दुरव्यसनीको उपचार केन्द्र ‘मुक्तिदाय सेवा’ ले मनायो १०औं वार्षिक उत्सव

३ हफ्ता अघि
२

४५ सेकेण्ड श्रीमतीकाे गाडी राेकिदा बालेनले दिए सिंहदरवार जलाउने धम्की

३ हफ्ता अघि
३

निर्मल बाटिकाले सम्पन्न गर्यो ह्याकाथुन, योङ इन्नोभेटर अवार्ड बेदब्यास र साहारालाई

२ हफ्ता अघि
४

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२ हफ्ता अघि
५

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

२ हफ्ता अघि
६

एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानसंग नेपाल फराकिलो रनको अन्तरले पराजित

४ हफ्ता अघि
७

काठमाडौं ट्रान्जिट गरेर भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै निगम

१ महिना अघि
८

बोल्ड एण्ड ड्यासिङ होण्डा एलिभेट सार्वजनिक, यस्तो छ मूल्य

१ हफ्ता अघि
९

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा पूर्व मेयरसहित १० जना विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

४ हफ्ता अघि
१०

हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

२ हफ्ता अघि
११

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ताम्रकारको उम्मेदवारी घोषणा

४ हफ्ता अघि
१२

मारवाडी सेवा समितिले २० वर्षदेखि कब्जा गरेको गौशाला धर्मशाला अब मुक्त हुने

१ हफ्ता अघि

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा पूर्व मेयरसहित १० जना विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८० भाद्र १२, मंगलबार (४ हफ्ता अघि)

  • १२७ पटक पढिएको
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्व मेयर सुरेन्द्र बहादुर बिष्ट, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसमेत १० जना र भवानी कन्स्ट्रक्सन प्रालिविरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा मंगलबार विशेष अदालतमा  मुद्दा दायर गरेको छ ।

    आर्थिक वर्ष २०७६/०७७ मा भीमदत्त नगरपालिकाले प्राकृतिक स्रोत (नदीजन्य) बाट प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौता अनुसार रकम असुल नगरी भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख बिष्ट र तत्कालीन नि. प्रमुख प्रशासकीय अधिकृत जोशी एक करोड ३४ लाख ९७ हजार ४५३ रुपैयाँ ८७ पैसा राजस्व चुहावटमा संलग्न रहेको आयोगको दाबी छ ।

    नगरपालिकाले महाकाली नदीजन्य पदार्थको (ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल र माटो) रोयल्टी शुल्क उठाउने ठेक्कामा सम्झौतापछि नगरकार्यपालिकाको कार्यालयलाई बुझाउनुपर्ने ठेक्का रकममा कुनै किसिमको छुट वा मिनाहाको लागि दाबी गर्न पाइने छैन र ठेक्का कबोल गरी सम्झौता भएबमोजिमको रकममा कुनै कारण देखाई वा नदेखाई कुनै किसिमको मिनाह दिइने छैन भन्ने शर्त राखिएको थियो । यद्यपि तत्कालीन नगरप्रमुख सुरेन्द्र बहादुर विष्टको अध्यक्षतामा नगरसभाको निर्णयले राजस्वमा छुट दिने मनसायले ६ सदस्यीय कार्यदल गठन गरी सोही कार्यदलको सिफारिसका आधारमा मूल्य अभिवृद्धि करसमेत एक करोड ३४ लाख ९७ हजार ४५३ रुपैयाँ ८७ पैसा बराबरको रकम छुट दिने निर्णय अनुमोदन गरी ठेक्का सम्झौता अनुसार राजस्व नउठाई नेपाल सरकार र प्रदेश सरकारको स्वीकृति बिना नै भीमदत्त नगरपालिका र नेपाल सरकारले पाउने उक्त राजस्वमा चुहावट गरी भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएको आयोगको दाबी छ ।

    तत्कालीन मेयर बिष्ट र निमित्त प्रमुख कार्यकारी अधिकृत जोशीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ख) बमोजिमको कसुरमा एक करोड ३४ लाख ९७ हजार ४५३ रुपैयाँ ८७ पैसा बिगो कायम गरी मुद्दा दायर भएको आयोगका प्रवक्ता भोला दाहालले जनाएका छन् । उनीहरुमाथि चुहावट भएको राजस्वको दोब्बर जरिवानाको मागदाबीसमेत गरिएको छ ।

    भीमदत्त नगरपालिकाको तत्कालीन राजस्व छुटको लागि गठित कार्यदलका संयोजक तथा सदस्यहरु तत्कालीन वडा नं १७ का वडा अध्यक्ष हिमाल बहादुर चन्द, इन्जिनियर हिमालय सिहं ऐर, लेखा अधिकृत गोबिन्द उपाध्याय, लेखा अधिकृत (छैटौँ) बिक्रम भण्डारी र नायव सुब्बा नरेन्द्र देव भट्टविरुद्ध पनि मुद्दा दायर गरिएको छ । उनीहरुले उक्त ठेक्का सम्बन्धमा कोरोना भाइरस रोगको रोकथाम तथा नियन्त्रणका लागि सरकारी कार्यालयबाट अत्यावश्यक सेवा बाहेक अरु सेवासमेत बन्द भएको अवस्थामा राजस्वसँग सम्बन्धित ठेक्का बन्दोबस्ती गरी ठेक्कामा लगाइएका ठेक्काको कर तथा जरिवाना छुट सम्बन्धमा भवानी कन्स्ट्रकसन प्रालिले उत्खनन् गरेको परिमाण र उत्खनन् गर्न बाँकी परिमाणसमेतको नापजाँच हिसाब किताब गरी राजस्व छुट दिन नमिल्ने प्रतिवेदन बनाउनुपर्नेमा संघीय आर्थिक ऐन तथा प्रदेश आर्थिक ऐन बिपरीत काम गरेको आयोगको दाबी छ । उनीहरुले प्रतिवेदनमा राजस्व छुट दिन सिफारिस गरेको आधारमै ठेकेदार कम्पनीलाई राजस्व असुलीमा सहुलियत दिइएको कारण आयोगले उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ठ को खण्ड (क) र (ख) बमोजिमको कसुरमा मुद्दा दायर गरेको हो ।

    हिमाल बहादुर चन्द, हिमालय सिहं ऐर, गोबिन्द उपाध्याय, नरेन्द्र देव भट्ट र बिक्रम भण्डारीलाई एक करोड ३४ लाख ९७ हजार ४५३ रुपैयाँ ८७ पैसा बिगो कायम गरी मुद्दा दायर गरिएको प्रवक्ता दाहालले जनाए । उनीहरुमाथि पनि चुहावट भएको राजस्व रकमको दोब्बर जरिवाना मागदाबी गरिएको छ ।

    यसैगरी भवानी कन्स्ट्रक्शन प्रालिका सञ्चालकहरु ईश्वरी प्रसाद भट्ट, केशव राज भट्ट, पुष्पराज भट्ट, ईश्वरी प्रसाद भट्टको नजिकको हकदार श्रीमती खगेश्वरी भट्ट र भवानी कन्स्ट्रक्शन प्रालि कन्चनपुरको हकमा उक्त ठेक्कामा आफूले गरेको सम्झौता र बोलपत्रको शर्त विपरीत नगरपालिकासँगको मिलेमतोमा राजस्व रकम छुट गर्ने निर्णय गर्न लगाई राजस्व चुहावटमा मतियार भएको भन्दै आयोगले उनीहरुमाथि एक करोड ३४ लाख ९७ हजार ४५३ रुपैयाँ ८७ पैसा बिगो कायम गरी मुख्य प्रतिवादीहरुलाई हुने सजाय सरह सजायको मागदाबी गरेको छ ।

  • अख्तियार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मंगोलियालाई २७३ रनले पराजित गर्दै नेपाल विजयी
    हरप्रहर

    मंगोलियालाई २७३ रनले पराजित गर्दै नेपाल विजयी

  • एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी
    एमाले

    एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी

  • फार्मेसीभन्दा फार्मासिस्ट कम हुनु दुर्भाग्य : स्वास्थ्यमन्त्री बस्नेत
    हरप्रहर

    फार्मेसीभन्दा फार्मासिस्ट कम हुनु दुर्भाग्य : स्वास्थ्यमन्त्री बस्नेत

  • नेपाल र चीनबीच १२ सम्झौता र एक समझदारी
    हरप्रहर

    नेपाल र चीनबीच १२ सम्झौता र एक समझदारी

  • ताजा खबर
  • १

    सिमीबाट मनग्य आम्दानी, सिमी जोनद्वारा ढुवानीमा अनुदान
    १२ घण्टा अघि

  • २

    मंगोलियालाई २७३ रनले पराजित गर्दै नेपाल विजयी
    १४ घण्टा अघि

  • ३

    टी–२० आई क्रिकेटमा कुशलले बनाए विश्व कीर्तिमानी : ३४ बलमा शतक
    १४ घण्टा अघि

  • ४

    पठन पाठन पछिको समयमा व्यावसायिक केरा खेती गर्ने हेडसर
    १ दिन अघि

  • ५

    एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी
    २ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution