माछापुच्छ्रे बैंकले सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने भएको छ । बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांशमध्ये १३.३० प्रतिशत बोनस सेयर र ०.३० प्रतिशत नगद लाभांश हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
बैंकले प्राथमिक पूँजीकोष पुर्याउन नसक्दा आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट गत आर्थिक वर्षमा सेयरधनीलाई लाभांश वितरण गर्न पाएको थिएन । दुई आर्थिक वर्षको मुनाफाबाट बैंकले यसपटक १४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३