नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सम्बन्धित विषयमा ९० प्रतिशतभन्दा बढि ल्याएका विद्यार्थीलाई मात्र शिक्षक हुन दिनुपर्ने बताएका छन् ।
राम्रा विद्यार्थी सिए, इन्जिनियरिङ र अन्य विषय पढ्न जाने र केही नभएपछि एजुकेशन पढ्न आउने परिपाटी रहेको भन्दै उनले एजुकेशन विषय हेला गर्न नहुने बताए ।
‘हामीकहाँ राम्रा विद्यार्थी सिए पढ्न जाने, इन्जिनियरिङ पढ्न जाने अनि केही भएन भनेचाहिँ शिक्षकतिर । एजुकेशन विषय हेला गरिने विषय होईन । ९० ओभर नल्याउने विद्यार्थीलाई एजुकेशन लिन दिनु हुँदैन । ९० ओभर प्रतिशत नल्याउनेले के शिक्षक भएर काम गर्छ । यस्तो मान्छे शिक्षकमा छनोट हुनुपर्छ जो त्यस विषयमा ९० ओभरको विद्यार्थी हुनुपर्छ,’– आज भत्तपुरामा आयोजित ‘केपी बासँग विद्यार्थी’ कार्यक्रममा उनले भने ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३