नेपालमा होण्डा कारको आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनीले एक कार्यक्रम मार्फत होण्डा एलिभेट सार्वजनिक गरेको छ । होण्डाको ललितपुर धोविघाटमा अवस्थित शोरुमबाट उक्त नयाँ कारको सार्वजनिक गरिएको हो ।
होण्डा एलिभेटको आवगमनले अटोमोबाइलको क्षेत्रमा उल्लेखनीय अध्याय थपिएको कम्पनीले विश्वास गरेको छ ।
होण्डा नेपालले पहिलो १० ग्राहकका लागि नगद ७५ हजार रुपैया छुटका साथै निःशुल्क सेवासहितको आकर्षक अफरको घोषणा गरेको छ । होण्डा एलिभेटको आकर्षक सौन्दर्यता, नवीन सुविधा र उत्कृष्ट विशेषताले हरेक ग्राहकको मन जित्ने कम्पनीको विश्वास रहेको छ ।
नेपालको बाटो सुहाउदो २२० एमएमको ग्राउण्ड क्लिएरेन्स रहेको यस गाडीमा पुस बटन स्टार्ट, अल्फा बोल्य सिग्नेचर ग्रिल, डुअल टोन डायमण्ड कट एलोय ह्विल, विशाल केबिन जस्ता विशिष्ट सुविधा रहेका छन् । १.५ लिटर पेट्रोल इन्जिनमा उपलब्ध होण्डा एलिभेट एसभीएमटीको मूल्य ५६ लाख ३५ हजार रुपैयाँदेखि सुरु हुन्छ । होण्डा एलिभेटको अन्य भेरियन्टको मूल्य यस प्रकार छ :
एलिभेट भीएमटी : रु. ६० लाख ३५ हजार
एलिभेट भीएक्सएमटी : रु. ६६ लाख ९५ हजार
एलिभेट जेडएक्सएमटी : रु. ७३ लाख ४४ हजार
एलिभेट भीसीभीटी : रु. ६५ लाख ७० हजार
एलिभेट भीएक्ससीभीटी : रु. ७१ लाख ९५ हजार
एलिभेट जेडएक्ससीभीटी : रु. ७८ लाख ७० हजार
एलिभेट जेडएक्ससीभीटी (डी.टी) : रु. ७९ लाख ४४ हजार
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३