एमाले अध्यक्ष केपी ओलीले पार्टीको बागमती प्रदेश अधिवेशनमा प्यानल बनाएर चुनाव लडेको पाइए कारबाही गर्ने चेतावनी दिएका छन् ।
एमाले बागमती प्रदेश सम्मेलनको सोमबार राजधानीमा उदघाटन गर्दै ओलीले प्यानल बनाएर चुनाव नलड्न निर्देशन दिए । त्यसो गरेको भेटिए उम्मेदवारी खारेज हुने चेतावनी दिए । चुनाव मात्र लोकतन्त्रको अभ्यास नभई मिल्नु पनि लोकतन्त्रको सुन्दर पक्ष रहेको जिकिर उनको थियो । ‘चुनाव लड्नुस्, लड्न दिनुस्। स्वस्थ प्रतिस्पर्धा गर्नुस् । प्यानल बनाएर बनाइएको थाहा भयो भने प्यानलको सिंगै उम्मेदवारी पनि खारेज हुन सक्छ,’ ओलीले भने ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३