Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८० मंसिर २५, सोमबार

    ट्रेन्डीङ्ग

  • जाजरकोट भूकम्प
  • इजरायल आक्रमण
  • शिक्षक आन्दोलन
  • भारत–क्यानडा तनाव
  • नेम्वाङको निधन
  • डेंगु संक्रमण
  • गोलभेडाको मूल्य वृद्धि
  • आङ सान सुकी
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

घट्यो सुनचाँदीको मूल्य

१ दिन अघि
२

केही समुह समाजमा नकारात्मक भावना फैलाउने खेलमा छन् : प्रधानमन्त्री प्रचण्ड

४ दिन अघि
३

सरकारलाई एनसेलको जवाफ : ‘कानुनको शासनमा विश्वास गर्ने संस्था भएकोले कानुनी कर्तव्यपालनमा कटिबद्ध छ’

५ दिन अघि
४

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोबार ?

५ दिन अघि
५

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड

५ दिन अघि
६

मंगलबार सुनको भाउ तोलामा २ हजार ४ सयले घट्यो

६ दिन अघि
७

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ

६ दिन अघि
८

विवादमा नागरिक उड्डयन प्राधिकरण– स्वार्थ बाझिने दुवै काम आफैं गर्ने होडबाजी

१ हफ्ता अघि
९

अन्तर–कोरियाली अन्तरिक्ष हतियारको दौड : दक्षिण कोरियाले पनि गर्यो जासुसी उपग्रहको सफलतापूर्वक प्रक्षेपण

१ हफ्ता अघि
१०

बैकिङ्ग क्षेत्रमा समस्या छैन, दोषारोपण गर्न छाडौं : गर्भनर अधिकारी

१ हफ्ता अघि
११

घट्यो डिजेल–पेट्रोलको मूल्य

१ हफ्ता अघि
१२

स्वास्थ्य सेवाको पहुँचबाट टाढै छन् महिला श्रमिक

१ हफ्ता अघि

धेरै पढिएका

१

लकडाउनले धकेलिएको राजोपाध्याय समाजको गायन प्रतियोगीता तीन वर्ष पछि सम्पन्न

२ हफ्ता अघि
२

बुढानीलकण्ठ मन्दिरमा विशेष ‘हरिबोधनी एकादशी’ मेला पर्व सन्चालन हुने

२ हफ्ता अघि
३

३० हजार घूससहित प्रहरी नायब निरीक्षक पक्राउ

१ हफ्ता अघि
४

शौचालय प्रयोगकर्ताहरुसँग अन्तरक्रिया गरि विश्व शौचालय दिवस मनाईयो

३ हफ्ता अघि
५

अचम्म तर सत्यः किन घट्दैछ दक्षिण कोरियाको युवा जनसंख्या

१ हफ्ता अघि
६

भारतलाई घरेलु मैदानमा हराउदै अष्ट्रेलियाले जित्यो छैठौ पटक विश्वकपको उपाधि

३ हफ्ता अघि
७

नेपाली सेनाले माग्यो ३ हजार पदमा दरखास्त

२ हफ्ता अघि
८

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोबार ?

५ दिन अघि
९

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई पूजा गरिँदै

३ हफ्ता अघि
१०

सुनको मूल्यमा नयाँ रेकर्ड, हालसम्मकै उच्च मूल्य

१ हफ्ता अघि
११

भोलिको प्रदर्शनलाई ध्यानमा राख्दै काठमाडौंका धर्मशाला र पार्टी प्यालेस सुरक्षा निगरानीमा

२ हफ्ता अघि
१२

मन्त्रिपरिषद् बैठक निर्णय : टिकटक बन्द देखि सांसद विकास कोषको रकम भूकम्प पीडितलाई

४ हफ्ता अघि

पछिल्लो तीन महिनामा तीन सय नेपालीको विदेशमै मृत्यु, डेढ दशकमा ज्यान गुमाउनेको संख्या १२ हजार नाघ्यो

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८० कार्तिक ३, शुक्रबार (१ महिना अघि)

  • १३५ पटक पढिएको
  • यो आर्थिक वर्षमा धन कमाउन गएका तीन सय नेपालीको विदेशमै ज्यान गएको छ । रोजगारीका लागि विदेश गएका तीन सय तीन नेपालीले गएको तीन महिनामा उतै ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । धन कमाउन विदेशिएका ती नेपाली महिला र पुरुषका शव लामो प्रकृया झेल्दै स्वदेश ल्याएर परिवारलाई बुझाईएको छ । यस किसिमको घटनामा कुनै कमी आउन सकेको देखिँदैन।

    वितेका करिब डेढ दशकमा बाह्र हजार पाँचसय ३९ जना नेपालीको वैदेशिक रोजगारीकै क्रममा ज्यान गइसकेको बोर्डको तथ्याङ्क छ । वैदेशिक रोजगार बोर्डले दिएको तथ्यांक अनुसार, औपचारिक र अनौपचारिक बाटोबाट विभिन्न देशमा गएका नेपाली युवाको संख्या करिब २० लाख छ।

    मेन पावर कम्पनीहरुले अनौपचारिक मार्गबाट पठाएका र व्यक्तिगत सम्पर्कका आधारमा विदेशिएका व्यक्तिहरुको कुनै पनि तथ्यांक बोर्डसँग नभएको बोर्डका अधिकृत आशिष भण्डारीले बताए।
    गएको आर्थिक वर्षमा १२ सय ४६ जनाले ज्यान गुमाउँदा त्यसमा ४६ जना महिला परेका छन् ।

    आर्थिक वर्ष ७८—७९ मा जम्मा १५ सय १० जनाले वैदेशिक रोजगारीकै क्रममा ज्यान गुमाएका छन् । त्यसमा महिलाको संख्या ४७ छ ।

    त्यसअघि आर्थिक वर्ष ७१—७२ मा एक हजार छ जनाले रोजगारीकै क्रममा ज्यान गुमाएका थिए ।

    यसरी वितेका १४ वर्षमा झण्डै १३ हजार नेपालीलाई परिवारले सदाका लागि विदा गर्नु परेको छ । त्यसरी ज्यान गुमाएका नेपालीको शव वैदेशिक रोजगार वोर्डले नेपाल ल्याउने र परिवारलाई बुझाउने गर्दै आएको वोर्डले जनाएको छ।

    अझै त्यसमा श्रम स्वीकृति नलिई गएका नेपालीको कुनै अभिलेख छैन् ।

    वोर्डले मृतकको शव नेपाल झिकाउने, शव ढुवानी गर्ने, मृतक कामदारका नजिकको हकवालालाई आर्थिक सहायता दिन, बिरामी वा अंगभंग हुँदा पाईने आर्थिक सहायता दिने जस्ता कार्य नियमित रुपमा गरिरहको निर्देशक सीता दुवाडीले बताईन्।

    यसका साथै, कामदारको परिवारका सदस्यलाई अल्जाईमर, मृगौला फेल, क्यान्सर, मुटुसम्बन्धी रोग र पार्किन्सन रोग भएमा औषधिउपचार पनि वोर्डले उपलव्ध गराईरहेको निर्देशक दुवाडीले जानकारी दिईन्।

    दिवंगत कामदारका सन्तानलाई अध्ययनका लागि छात्रवृत्ति पनि वोर्ड उपलव्ध गराउँदै आएको छ। दुर्घटनामा परेका र वेपत्ता भएका कामदारको खोजी गर्ने, पीडितलाई कानूनी सहायता उपलव्ध गराउने र आश्रित महिलाहरुलाई सीपमूलक तालिम पनि दिईने गरेको निर्देशक दुवाडीको भनाई छ ।

    यसरी कामदारका आश्रित परिवारलाई सहायता गर्दा अहिलेसम्म ४ अर्ब ६८ करोड खर्च भैसकेको बोर्डले जनाएको छ। करिब ५ अर्ब ३५ करोड रुपैंयाँ वोर्डको कोषमा सञ्चित रहेको अधिकृत भण्डारीले बताए।

    रोजगारीको लागि विभिन्न देश जाने कामदारले एक पटक श्रमस्वीकृति लिँदा वोर्डलाई शुल्क तिर्नुपर्ने प्रावधान रहेको छ ।

    दक्षिण कोरिया जानेले प्रत्येक एकपटकमा २५ सय र अन्य देशका लागि भने १५ सय शुल्क तिरिरहेका छन्। यही रकम कोषमा जम्मा गरेर कामदारका परिवारलाई राहत उपलव्ध गराउने गरिएको वोर्डले जनाएको छ।

    विदेशमा मृत्यु भएका कामदारको शव ल्याउने कार्यमा अनावश्यक विलम्व हुने गरेको पीडित परिवारले गुनासो गर्ने गरेका छन्। साथै कामदारहरुको क्षमता र दक्षता परीक्षण गर्दा पनि विज्ञ व्यक्तिहरुले स्थलगत अध्ययन नगरी सतही अध्ययनका भरमा स्वीकृति दिने गरिएको उनीहरुको भनाई छ। स्वास्थ्य परीक्षणको प्रमाणपत्रको सत्यता परीक्षण नहुने, मेन पावर कम्पनीको दवाव र प्रभावले पनि कतिपय बिषय ढाकछोपमा पर्ने गरेको जानकारहरु बताउँछन्।

    यसैगरी कामदारका आश्रित परिवारलाई उपलव्ध गराईएको नगद सहायता रकमको उपयोग कसरी गरिएको छ भनेर स्थलगत अनुगमन हुन नसकेको कोरियन भाषा प्रशिक्षक अनुप प्रधानले औंल्याए।

    प्रतिक्रिया दिनुहोस
    परदेश सम्बन्धि थप
  • केही समुह समाजमा नकारात्मक भावना फैलाउने खेलमा छन् : प्रधानमन्त्री प्रचण्ड
    हरप्रहर

    केही समुह समाजमा नकारात्मक भावना फैलाउने खेलमा छन् : प्रधानमन्त्री प्रचण्ड

  • सरकारलाई एनसेलको जवाफ : ‘कानुनको शासनमा विश्वास गर्ने संस्था भएकोले कानुनी कर्तव्यपालनमा कटिबद्ध छ’
    हरप्रहर

    सरकारलाई एनसेलको जवाफ : ‘कानुनको शासनमा विश्वास गर्ने संस्था भएकोले कानुनी कर्तव्यपालनमा कटिबद्ध छ’

  • उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड
    हरप्रहर

    उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड

  • विवादमा नागरिक उड्डयन प्राधिकरण– स्वार्थ बाझिने दुवै काम आफैं गर्ने होडबाजी
    हरप्रहर

    विवादमा नागरिक उड्डयन प्राधिकरण– स्वार्थ बाझिने दुवै काम आफैं गर्ने होडबाजी

  • ताजा खबर
  • १

    घट्यो सुनचाँदीको मूल्य
    १ दिन अघि

  • २

    केही समुह समाजमा नकारात्मक भावना फैलाउने खेलमा छन् : प्रधानमन्त्री प्रचण्ड
    ४ दिन अघि

  • ३

    सरकारलाई एनसेलको जवाफ : ‘कानुनको शासनमा विश्वास गर्ने संस्था भएकोले कानुनी कर्तव्यपालनमा कटिबद्ध छ’
    ५ दिन अघि

  • ४

    घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोबार ?
    ५ दिन अघि

  • ५

    उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड
    ५ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution