आश्विन शुक्ल पूर्णिमाका दिन आज खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक शनिबार दिउँसो ४:१९ बजेदेखि सुरु हुनेछ । राति २:३८ बजे ग्रहण सकिने -पञ्चाङ्ग_ पात्रोमा उल्लेख गरिएको छ ।
यो चन्द्रग्रहण विसं २०८० मा लाग्ने एक मात्र ग्रहण भएको समितिले जनाएको छ ।
ग्रहणका बेलामा स्नान गरी शुद्ध भावले विभिन्न मन्त्रोच्चारण गर्नाले राम्रो हुने मानिन्छ । तर, विशेष कामना राखेर गरिने कर्म भने गर्नुनहुँने बताइन्छ ।
धर्मशास्त्रका ग्रन्थमा चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने उल्लेख गरिएकाले आज राती लाग्ने ग्रहणको दिउँसो ४:१९ बजेदेखि बार्नुपर्ने हुन्छ । बाल, वृद्ध र बिरामी बाहेकले भोजन गर्न नहुने बताइएको छ । ग्रहणका बेला जप, स्नान,ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।
गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो ।
ग्रहण लागेका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी वा त्यो पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, कालमाधव, लगायतका धार्मिक ग्रन्थमा उल्लेख गरिएको पाइन्छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३