२०८० मंसिर २५, सोमबार
प्रहरीले पर्साको छुट्टाछुट्टै ठाउँबाट ठुलो मात्रामा लागूऔषधसहित तिन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले प्रतिबन्धित गाँजासहित हिरामन यादवलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र अप्र पोस्ट सुपौलीबाट खटिएको संयुक्त टोलीले नौगछिया स्थित सडकमा मोटरसाईकललाई रोकी चेकजाँच गर्दा यादवले बोरामा राखिएको १० के.जी गाँजासहित पक्राउ गरेकाे हाे । उनलाई लागूऔषध कसूरमा मुद्दा चलाई थप अनुसन्धान भईरहेको पर्सा प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।
त्यसैगरि वीरगंजको ईनार्वाबाट लागूऔषध खैरो हिरोईन र नाईट्रभेट ट्याब्लेट सहित दुईजनालाई पक्राउ गरेको छ।
भारतबाट नेपालतर्फ आउँदै गरेका संकास्पदरूपमा हिँडिरहेका २ जना व्यक्तिकाे खाेजतलास गर्दा प्रतिबन्धित लागु औषध पफेला परेकाे हाे । चितवनका सुजन तिवारीको साथबाट १.५ ग्राम खैरो हिरोईन र शक्ति परियारको साथबाट प्रतिबन्धित लागु औषध नाईट्राभेट २७० पिस बरामद गरि लागुऔषध सम्बन्धी कसूरमा मुद्दा चलाएको पर्सा प्रहरी प्रवक्ता थापाले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३