नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८० को तिहारको शुभसाइत सार्वजनिक गरेको छ ।
कार्तिक २९ गते परेको भाइटिकाको साइत भने विहान १० बजेर ५१ मिनेटमा रहेको छ ।
समितिका अनुसार कार्तिक २४ गते शुक्रबारका दिन यमदीपदान अर्थात धनत्रयोदशी (धन्तेरस) रहेको छ । यो दिन सुन चाँदी जस्ता धातुका वस्तु खरिद गर्नु एकदमै उत्तम मानिन्छ ।
साथै कार्तिक २५ गते काग तिहार परेको छ भने २६ गते कुकुर तिहारसँगै लक्ष्मी पूजा पनि रहेको छ । यसैगरी कार्तिक २७ गते सोमवार गाई तिहार रहेको छ । २८ गते गोवद्र्धन पूजा, म्हपूजा परेको छ भने सोहि दिनबाट नेपाल संवत ११४४ प्रारम्भ हुनेछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३