Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८० मंसिर २५, सोमबार

    ट्रेन्डीङ्ग

  • जाजरकोट भूकम्प
  • इजरायल आक्रमण
  • शिक्षक आन्दोलन
  • भारत–क्यानडा तनाव
  • नेम्वाङको निधन
  • डेंगु संक्रमण
  • गोलभेडाको मूल्य वृद्धि
  • आङ सान सुकी
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

घट्यो सुनचाँदीको मूल्य

१ दिन अघि
२

केही समुह समाजमा नकारात्मक भावना फैलाउने खेलमा छन् : प्रधानमन्त्री प्रचण्ड

४ दिन अघि
३

सरकारलाई एनसेलको जवाफ : ‘कानुनको शासनमा विश्वास गर्ने संस्था भएकोले कानुनी कर्तव्यपालनमा कटिबद्ध छ’

५ दिन अघि
४

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोबार ?

५ दिन अघि
५

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड

५ दिन अघि
६

मंगलबार सुनको भाउ तोलामा २ हजार ४ सयले घट्यो

६ दिन अघि
७

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ

६ दिन अघि
८

विवादमा नागरिक उड्डयन प्राधिकरण– स्वार्थ बाझिने दुवै काम आफैं गर्ने होडबाजी

१ हफ्ता अघि
९

अन्तर–कोरियाली अन्तरिक्ष हतियारको दौड : दक्षिण कोरियाले पनि गर्यो जासुसी उपग्रहको सफलतापूर्वक प्रक्षेपण

१ हफ्ता अघि
१०

बैकिङ्ग क्षेत्रमा समस्या छैन, दोषारोपण गर्न छाडौं : गर्भनर अधिकारी

१ हफ्ता अघि
११

घट्यो डिजेल–पेट्रोलको मूल्य

१ हफ्ता अघि
१२

स्वास्थ्य सेवाको पहुँचबाट टाढै छन् महिला श्रमिक

१ हफ्ता अघि

धेरै पढिएका

१

लकडाउनले धकेलिएको राजोपाध्याय समाजको गायन प्रतियोगीता तीन वर्ष पछि सम्पन्न

२ हफ्ता अघि
२

बुढानीलकण्ठ मन्दिरमा विशेष ‘हरिबोधनी एकादशी’ मेला पर्व सन्चालन हुने

२ हफ्ता अघि
३

३० हजार घूससहित प्रहरी नायब निरीक्षक पक्राउ

१ हफ्ता अघि
४

शौचालय प्रयोगकर्ताहरुसँग अन्तरक्रिया गरि विश्व शौचालय दिवस मनाईयो

३ हफ्ता अघि
५

अचम्म तर सत्यः किन घट्दैछ दक्षिण कोरियाको युवा जनसंख्या

१ हफ्ता अघि
६

भारतलाई घरेलु मैदानमा हराउदै अष्ट्रेलियाले जित्यो छैठौ पटक विश्वकपको उपाधि

३ हफ्ता अघि
७

नेपाली सेनाले माग्यो ३ हजार पदमा दरखास्त

२ हफ्ता अघि
८

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोबार ?

५ दिन अघि
९

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई पूजा गरिँदै

३ हफ्ता अघि
१०

सुनको मूल्यमा नयाँ रेकर्ड, हालसम्मकै उच्च मूल्य

१ हफ्ता अघि
११

भोलिको प्रदर्शनलाई ध्यानमा राख्दै काठमाडौंका धर्मशाला र पार्टी प्यालेस सुरक्षा निगरानीमा

२ हफ्ता अघि
१२

मन्त्रिपरिषद् बैठक निर्णय : टिकटक बन्द देखि सांसद विकास कोषको रकम भूकम्प पीडितलाई

४ हफ्ता अघि

जनयुद्ध दबाउन खोजे चिहानबाट फेरि उठ्छः प्रधानमन्त्री प्रचण्ड

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८० कार्तिक २३, बिहिबार (१ महिना अघि)

  • ११० पटक पढिएको
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पृथ्वीनारायण शाहको कर्म पछिको ठूलो कर्म माओवादी जनयुद्ध भएको दाबी गरेका छन् ।

    बिहीबार काठमाडौंमा आयोजित पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) द्वारा लिखित ‘यात्रा जिन्दगी जनमुक्ति सेनाको कमान्डरदेखि उपराष्ट्रपतिसम्म’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

    पृथ्वीनारायण शाहको कर्म पछिको ठूलो कर्म माओवादी जनयुद्ध भएको दाबी गर्दै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले त्यसलाई जति दबाउन खोजे पनि इतिहासमा पटकपटक उठिरहने बताए ।

    उनले भने, ‘मैले अर्को आँट गरें । जनयुद्ध दिवस भनेर त्यसको अहिले धेरै ठूलो टीका टिप्पणी हुने गरेको छ । मलाई के लाग्छ भने, पृथ्वीनारायण शाहको कर्म पछिको ठूलो कर्म नेपालमा नेपाली जनताले अगाडि ल्याएको त्यही नै हो । जति दबाउन खोजे पनि इतिहासमा पटकपटक त्यो उठिरहन्छ । चिहानबाट त्यो फेरि उठ्छ । हजारौ मानिसले आफूखुसी बलिदान गरेको आन्दोलनलाई कसैले अहिले एकछिन दबाए पनि फेरि उठ्छ त्यो ।’

    प्रधानमन्त्रीले जनताको तहबाट गरिएको महान जनयुद्धको आधिकारिक र प्रमाणित ब्याख्या हुन अझै बाँकी रहेको बताए ।

    उनले भने, ‘पृथ्वीनारायण शाहले राज्य एकीकरणका बेला गरे पछिको अर्को ठूलो जनताको तहबाट गरिएको महान विद्रोहको दिन थियो यो, तर यसको आधिकारिक र प्रमाणित ब्याख्या हुन अझै बाँकी छ । यसमा कस्तो विचार, भावना र संस्कारले काम गरेको थियो भन्ने कुरा जस्ताको त्यस्तै स्थापित गर्न देशभित्र र देश बाहिर अझै बाँकी छ ।’

    उनले पृथ्वी जयन्तीको दिनलाई पनि बिदा दिने कसैले आँट नगरेको भन्दै आफूले आँट गरेकोमा गर्व महसुस भएको उल्लेख गरे ।

    ‘मलाई खुसी र गर्व छ यो पटक म प्रधानमन्त्री भएपछि पृथ्वी जयन्तीको दिन पनि बिदा दिने निर्णय गरें’ उनले भने, ‘मानिसले के गर्यो यो प्रचण्डले भन्ने पनि लाग्छ तर नेपाली इतिहासको त्यो ऐतिहासिक परिघटना थियो जसले आधुनिक नेपाल निर्माणको प्रक्रियामा माइलइस्टोनको भूमिका निर्वाह गरेको थियो । त्यसैले हामी ऐतिहासिक भौतिकवादी हुनुको नाताले भौतिक ढङ्गले सम्मान गर्नु हाम्रो कर्तव्य हो ।’

    उनले लेखक पासाङले पुस्तक आफ्नो स्वभावमा लेखेकोले कसैले षड्यन्त्र गर्न सक्ने रहेको भन्दै यसलाई कुनै पनि अर्थमा आग्रह र पूर्वाग्रहमा हेरियो भने त्यो सत्य माथिको अन्याय हुने टिप्पणी गरे ।

    उनले भने, ‘उहाँको स्वभावअनुसार लेख्नुभएको छ । जस्ताको त्यस्तै । अब यसलाई कसैले प्ले गर्छु भन्ने सोच्यो भने गर्न सक्छ । तर म के भन्छु भने यो उहाँको इमानदारिता र सरलताको प्रतीक हो । यसलाई कुनै पनि अर्थमा आग्रह र पूर्वाग्रहमा हेरिनु हुँदैन । हेरियो भने त्यो अन्याय हुन्छ । सत्यमाथि अन्याय हुन्छ।’

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • केही समुह समाजमा नकारात्मक भावना फैलाउने खेलमा छन् : प्रधानमन्त्री प्रचण्ड
    हरप्रहर

    केही समुह समाजमा नकारात्मक भावना फैलाउने खेलमा छन् : प्रधानमन्त्री प्रचण्ड

  • सरकारलाई एनसेलको जवाफ : ‘कानुनको शासनमा विश्वास गर्ने संस्था भएकोले कानुनी कर्तव्यपालनमा कटिबद्ध छ’
    हरप्रहर

    सरकारलाई एनसेलको जवाफ : ‘कानुनको शासनमा विश्वास गर्ने संस्था भएकोले कानुनी कर्तव्यपालनमा कटिबद्ध छ’

  • उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड
    हरप्रहर

    उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड

  • टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ
    हरप्रहर

    टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ

  • ताजा खबर
  • १

    घट्यो सुनचाँदीको मूल्य
    १ दिन अघि

  • २

    केही समुह समाजमा नकारात्मक भावना फैलाउने खेलमा छन् : प्रधानमन्त्री प्रचण्ड
    ४ दिन अघि

  • ३

    सरकारलाई एनसेलको जवाफ : ‘कानुनको शासनमा विश्वास गर्ने संस्था भएकोले कानुनी कर्तव्यपालनमा कटिबद्ध छ’
    ५ दिन अघि

  • ४

    घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोबार ?
    ५ दिन अघि

  • ५

    उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड
    ५ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution