भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध एक लाख ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले नियन्त्रणमा लिएको थियो।
उनीहरुविरुद्ध भ्रष्टाचार नियन्त्रण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) (घ) बमोजिम कैद र बिगो बमोजिम जरिवानाको मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७