Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ १८, बुधबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

१ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

३ हफ्ता अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
२

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

३ हफ्ता अघि
३

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
४

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
५

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
६

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

१ हफ्ता अघि
७

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
८

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि

क्रिकेट खेल समीक्षाः कसले जित्ला विश्वकप फाइनल ?

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८० मंसिर ३, आईतबार (१ साल अघि)

  • ३०३ पटक पढिएको
  • विश्वकप क्रिकेट २०२३ को उपाधिका तीन पटकको विजेता अष्ट्रेलिया र दुईपटकको विजेता भारत प्रतिस्पर्धामा उत्रिँदैछन् । योसहित अहिलेसम्म १३ वटा विश्वकप प्रतियोगिता भएका छन् । त्यसमा अष्ट्रेलिया अहिलेसम्मकै सबैभन्दा शक्तिशाली टोली सावित भएको छ । उसले पाँच पटक उपाधि जितेको छ । त्यसमा पनि अष्ट्रेलिया लगातार तीन पटकको उपाधि विजेता हो । त्यसबाहेक भारत, वेष्ट इन्डिजले दुईपटक उपाधि जितेका छन् । वेष्ट इन्डिजले सन् १९७५ र १९७९ मा र भारतले १९८३ र २०११ मा उपाधि जितेको छ । त्यस्तै पाकिस्तान, श्रीलंका र इङ्ग्ल्याण्डले एक एक पटक उपाधि जितेका छन् । सन् २०१९ मा भएको विश्वकपको उपाधि भने इङ्ग्ल्याण्डले जितेको हो ।

    भारतलाई तेस्रो विश्वकप जित्ने अवसर, अष्ट्रेलियालाई छैटौँ

    भारतले एकदिवसीय क्रिकेट विश्वकपको उपाधि तेस्रो पटक जित्ने अवसर पाएको छ भने अष्ट्रेलियाले  छैटौँ पटक । कपिल देवको नेतृत्वमा सन् १९८३ मा क्रिकेट उपाधि जितेको भारतीय टोलीले महेन्द्र सिंह धोनीको कप्तानीमा १२ वर्षअघि सन् २०११ मा श्रीलङ्कालाई हराएर अन्तिम पटक विश्वकप उपाधि जितेको थियो। त्यसयता भारतले विश्वकपको उपाधि जित्न सकेको छैन।  अष्ट्रेलियाले, सन् १९८७ मा इङ्ल्याण्डलाई ७ रनले हराएर उपाधि जितेको हो । त्यसपछि १९९९ मा पाकिस्तान, २००३ मा भारत र २००७ मा श्रीलंकालाई हराएर अष्ट्रेलियाले लगातार तीनवर्ष उपाधिमाथि कब्जा जमाएको थियो । ५ पटकको विजेता अष्ट्रेलिया भने आठौं पटक फाइनल खेल्दैछ । सन् १९७५ मा आयोजित पहिलो संस्करणमा फाइनलमा पराजित भएको अष्ट्रेलिया त्यसपछि सन् १९९६ को संस्करणमा पनि फाइनलसम्म पुगेर श्रीलंकासँग निराश भएको थियो । त्यसपछि लगातार तीन संस्करण जितेको अष्ट्रेलिया सन् २०१५ यता यसै वर्ष पहिलो पटक फाइनल खेल्दैछ ।

    अष्ट्रेलिया र भारतको फाइनल भेट

    अष्ट्रेलिया आठ पटक विश्वकपको फाइनलमा पुगेको छ भने भारत चौथो पटक विश्वकपको फाइनलमा पुगेको हो । दुई पटक विश्वकप जितेको भारत एक पटक उपविजेतामै सीमित हुदाँ उसलाई अष्ट्रेलियाले नै पराजित गरेको थियो । सन् २००३ मा अष्ट्रेलियाले भारतलाई १२५ रनले हराएर विश्वकप हात पारेको थियो।

    भारत आत्मविश्वासी, अष्ट्रेलिया पनि कम छैन

    अहमदाबादमा हुने खेलअघि भारतीय टोली बलियो आत्मविश्वासमा देखिएको छ । लिग चरणका ९ वटै खेल जितेको भारतले बुधबार भएको सेमिफाइनलमा न्युजिल्यान्डलाई ३९८ रनको लक्ष्य दिएर ७० रनले जितेको थियो । यस खेलमा ब्याटिङतर्फ विराट कोहली र बलिङतर्फ मोहम्मद सामीले कीर्तिमान बनाएका थिए । कोहलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५०औं शतक पूरा गर्दै सचिन तेन्दुलकरको नाममा रहेको विश्व कीर्तिमान तोडे । यता सामी न्युजिल्याण्डविरुद्धको ७ विकेट लिएर एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा सर्वाधिक विकेट लिने भारतीय बलर बने । त्यतिमात्र होइन उनी एकै विश्वकपमा सर्वाधिक विकेट लिने भारतीय बलर पनि बनेका छन् । उनले जारी प्रतियोगितामा लिएको विकेट संख्या २३ पुगेको छ ।

    यो विश्वकपमा ब्याटिङतर्फ कोहली सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनले प्रतियोगितामा खेलेका १० खेलमा ३ शतक र ५ अर्धशतकसहित ७११ रन जोडेका छन्। उनी सर्वाधिक रन बनाउने ब्याट्सम्यान बन्ने लगभग पक्का छ । उनलाई पछ्याइरहेका भारतकै रोहित शर्माको ५५० र अस्ट्रेलियाका डेभिड वार्नरको ५२८ रन छ ।

    बलिङतर्फ भारतका सामीलाई अस्ट्रेलियाका एडम जाम्पा २२ विकेटसहित पछ्याइरहेका छन् । भारतका जसप्रित बुमराहले १८, रवीन्द्र जडेजाले १६ तथा अष्ट्रेलियाका जोस हेजलउडले १४ विकेट लिएका छन् ।

    खेलाडीको प्रदर्शन र घरेलु दर्शकको साथ पाएको भारतलाई यसपटक उपाधिमाथि कब्जा जमाउने महत्वपूर्ण अवसर छ तर अष्ट्रेलियाको चुनौतीसमक्ष उपाधि हात पार्नु त्यति सहज भने हुने छैन।

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • सभापति कपको पहिलो संस्करण: विजेता संकटा, उपविजेता बागमती
    हरप्रहर

    सभापति कपको पहिलो संस्करण: विजेता संकटा, उपविजेता बागमती

  • कर्णालीले दियो चितवनलाई १७६ रनको लक्ष्य
    हरप्रहर

    कर्णालीले दियो चितवनलाई १७६ रनको लक्ष्य

  • एनपीएल विजेतालाई एक करोड दश लाख पुरस्कार
    हरप्रहर

    एनपीएल विजेतालाई एक करोड दश लाख पुरस्कार

  • पोखरामाथि सुदूरपश्चिमको रोमाञ्चक जित, एक खेल अगावै पुग्यो प्लेअफमा
    हरप्रहर

    पोखरामाथि सुदूरपश्चिमको रोमाञ्चक जित, एक खेल अगावै पुग्यो प्लेअफमा

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    १ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    १ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    २ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution