रुस–युक्रेन युद्धमा ज्यान गुमाएका इलामका गंगाराज मोक्तानको शव घर ल्याइदिन परिवारले आग्रह गरेको छ । गंगाराजकी पत्नी याङकिला शेर्पाले पतिको शव घर ल्याउने पहल गरिदिने आग्रह गरेकी हुन् ।
गंगाराजको घरमा उनकी पत्नी, सात वर्षकी छोरी, बुबा, आमा, दुुई दाजु र भाउजू छन् । इलाम नगरपालिका वडा नम्बर-९ का वडाध्यक्ष गोपाल चौहानले गंगाराजको शव घर ल्याउनका लागि पहल थालिएको बताएका छन् । परिवारका अनुसार इलाम नगरपालिका–९ का गंगाराज दुई महिनाअघि रुसी सेनामा भर्ती भएका थिए ।
मोक्तानसहित उनको मस्कोस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । मोक्तानसहित मृत्यु हुनेमा दोलखाका राजकुमार रोका, गोरखाका सन्दीप थपलिया र स्याङ्जाका प्रितम कार्की छन् । मोक्तानको १५ जुलाई २०२३ मा मृत्यु भएको मस्कोस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । रुसी सेनाका अधिकारीबाट टेलिग्राममार्फत् उनको ‘मेडिकल डेथ सर्टिफिकेट’ पाएको दूतावासले जनाएको छ ।
गंगाराज रोजगारीका लागि तीन वर्षअघि दुबई गएका थिए । त्यहीँबाट उनी रुसी सेनामा भर्ना भएर गएको जनाइएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३