उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेका छन् ।
गृहमन्त्री श्रेष्ठको गंगालाल हृदय केन्द्र बाँसबारीमा मंगलबार साँझ मुटुको देव्रे नसाको एन्जिओप्लास्टी गरिएको थियो ।
एन्जियोप्लास्टी सर्जरी पश्चात गृहमन्त्री श्रेष्ठको सघन उपचार कक्षमा उपचार जारी रहेको बताइएको छ ।
मन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थीर रहेको र डा. अरुण मास्केसहितको चिकित्सक टोलीको निगरानीमा उपचार जारी रहेको अस्पताल प्रशासनले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३