Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ २८, शनिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

१ महिना अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

१ महिना अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
४

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
५

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि

घरेलु श्रममा जान संसदीय समितिको पूर्वशर्त तगारो

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८० पौष ६, शुक्रबार (१ साल अघि)

  • २९३ पटक पढिएको
  • घरेलु श्रमिकका रुपमा काम गर्न जान चाहनेहरुलाई संसदीय समितिले तोकेको पूर्वशर्तहरुले अप्ठ्यारो पारिरहेको भन्दै अभियानकर्मीहरुले त्यसलाई खारेज गर्नुपर्ने माग गरेका छन् । यो नेपालको संविधान र अन्तराष्ट्रिय कानुन विपरित भएको उनीहरुको भनाई छ ।

    आप्रवासी कामदार समूह (आमकास नेपाल)ले अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवसको सन्दर्भमा आयोजना गरेको छलफल कार्यक्रमका वक्ताहरुले संसदको समितिको सो निर्देशन खारेज गरिनुपर्नेमा जोड दिए । सो अवसरमा बोल्दै संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिकी सदस्य रमा कोइराला पौडेलले आफू सदैव बन्देजको विपक्षमा रहेको र यसका बारेमा आवाज उठाइरहेको भन्दै नेपालले आइएलओ महासन्धि १८९ पारित गर्नुपर्ने बताइन् । उनले आफूले नागरिकले तिरेको करबाट तलव खाइरहेको भन्दै आफू नागरिक, संसद र विशेषगरी श्रमिकप्रति उत्तरदायी रहेको धारणा राखिन् ।

    सो अवसरमा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डम्बर बहादुर सुनुवारले श्रम मन्त्रालय घरेलु श्रमिकलाई सदैव बन्देज लगाइरहनु पर्छ भन्ने पक्षमा नरहेको बताए । उनले गत असोज १६ गते मन्त्रीस्तरीय निर्णय गर्दै खाडीका मुलुकहरुमा परीक्षणका रुपमा पुरुषलाई घरेलु श्रममा जान खुल्ला गर्नेगरी खाडीमा रहेका नेपाली दूतावासमा गरिएको पत्राचारको सकारात्मक जवाफ नआएको बताए ।

    वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्धारिका प्रसाद उप्रेतीले यस अगाडी श्रम मन्त्रालयकै पहलमा आयोजित खाडी, मलेसिया लगायतका क्षेत्रमा कार्यरत नेपाली राजदूतहरुको भेलामा सहभागिहरुले अहिलेकै अवस्थामा घरेलु श्रमका लागि महिलालाई पठाउन नहुने धारणा राखेको स्मरण गरे । उनले ति मुलुकहरुले आइएलओको प्रावधान पनि नमानेको र त्यहाँको कानुनले घरेलु श्रमिकलाई नसमेटेको अवस्थामा घरेलु कामदार पठाउँदा समस्या हुन्छ की भन्ने राय आएको बताए । उनले खाडी र मलेसियास्थित नेपाली दूतावासहरुमा कर्मचारीको अभावका कारण सेवा प्रदान गर्न नसकिएको गुनासो आएका कारण वैदेशिक रोजगार बोर्डबाट खर्च पठाउने गरी २३ जना कर्मचारी करारमा राख्ने तयारी अन्तिम चरणमा पुगेको पनि जानकारी दिए ।

    सो छलफलमा बोल्दै नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जीवन श्रेष्ठले मानव बेचविखन तथा मानव तस्करीका घटनामा अत्यन्त वृद्धि भएको भन्दै त्यसलाई नियन्त्रण गर्न ठूलो चुनौतिको सामना गर्नु परिरहेको बताए । उनले कतिपय अवस्थामा कानुको अभाव रहेको, कतिपय अवस्थामा श्रोत, साधनको अभाव रहेको लगायतका समस्या औल्याए ।

    छलफलमा इक्वेडेम फाउण्डेसनका दक्षिण एसिया संयोजक रामेश्वर नेपालले यसरी कुनै बहानामा बन्देज लगाउनु आफैंमा विभेद हुने बताए । उनले बन्देजको बर्षाैं वितिसक्दा पनि समस्या कम नभएको, उल्टै बढेको भन्दै कहिलेसम्म बन्देज लगाइरहने भन्दै प्रश्न गरे ।

    सो छलफलमा महिला, बालकालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव मीना पौडेल, अध्येता डा. मीना पौडेल, एम्नेष्टि ईन्टरनेशनलकी अस्मिता सापकोटा, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका उपाध्यक्ष कृष्ण न्यौपाने, आमकास नेपालकी कार्यकारी निर्देशक विजया राई श्रेष्ठ, आमकासकी कानुन अधिकृत सदीक्षा महर्जन, पत्रकार मुना कुँवर लगायतले धारणा राखेका थिए ।

    सो छलफलमा उठाइएका विषयहरु तथा समाधानका उपायका बारेमा संश्लेषण गरी सम्वन्धित निकायमा बुझाउने कार्यक्रम रहेको आमकास नेपालले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    समाज सम्बन्धि थप
  • गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु
    हरप्रहर

    गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

  • जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, २० जना बढी घाइते
    हरप्रहर

    जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, २० जना बढी घाइते

  • वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
    हरप्रहर

    वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

  • विदेश घुम्न जाने नेपालीहरुको संख्या बढ्यो
    हरप्रहर

    विदेश घुम्न जाने नेपालीहरुको संख्या बढ्यो

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    २ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    ३ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ३ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ३ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution