नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको सातौं बैठक आज सुरु भएको छ । शुक्रबारसम्म चल्ने बैठकको पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा उद्घाटन गरिएको छ ।
अगामी जेठमा गर्ने पार्टीको अधिवेशन तयारीका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल गर्नका लागि बैठक आयोजना गरिएको महासचिव घनश्याम भुसालले बताए ।
आजको बद्लिदो अन्तर्राष्ट्रिय परिस्थिति, विज्ञान र प्रविधि र सामाजिक विज्ञानदेखि लिएर अन्य विविध विषयमा छलफल गर्न बैठक बोलाइएको उनले बताए ।
पार्टी अध्यक्ष माधवकुरमार नेपालको संयोजकत्वमा २७ सदस्यि कमिटी गठन गरेको बताउँदै उनले महाधिवेशको लागि घनिभूत छलफल गर्न मस्यौदा तयार गर्ने बताए ।
उनले भने, ‘हामी महाधिवेशनसम्म पुग्ने सांगठनिक व्यवधानहरु खोल्ने र सांगठनिक रुपमा बलियो उपस्थिति जनाउनमा केन्द्रित छौं ।’
महाधिवेशनसम्म जान आवश्यक कुराहरुमा बैठक केन्द्रित रहने उनको भनाइ छ । बैठकमा पार्टी अध्यक्ष नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको जनाइएको छ ।
विधान संशोधन गर्न एकीकृत समाजवादीले आगामी माघ १४ र १५ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३