काठमाडौंको चोभार डाँडामा क्यानोपी जिपलाइन सञ्चालन भएको छ । तीन चरण गरेर खेल्न पाइने क्यानोपी जिपलाइनको कुल लम्बाइ करिब ४ सय मिटर छ । सबै चरणको क्यानोपी जिपलाइन खेल्न करिब १० मिनेट लाग्छ ।
जिपलाइन खेल्दा गरिने अनुभुति अनुसार पहिलो चरणलाई ‘एड्भेञ्चर’, दोस्रोलाई ‘डेयर डेभिल्स’ र तेस्रोलाई ‘द फन’ नामाकरण गरिएको छ ।
जिपलाइनका क्रममा मन्जुश्रीले काटेको चोभारको आकर्षक गल्छी, जलबिनायक मन्दिर, चोभारको गुम्बा, नवनिर्मित सुख्खा बन्दरगाह, चम्पादेवी र चन्द्रागिरी डाँडा, काठमाडौँ तथा ललितपुरका सुन्दर दृश्यावलोकन गर्न सकिनेछ । टेकअफ टावरबाटै सुन्दर हिमशृङ्खला देख्न सकिन्छ ।
कति लाग्छ शुल्क?
दैनिक ३ सयदेखि ३५० जनासम्मले जिपलाइन खेल्न सक्छन् । जिपलाइन हरेक दिन बिहान १० बजेदेखि साँझ ५:३०बजेसम्म सञ्चालन हुन्छ ।
३ चरणको जिपलाइनको खेल्ने र फोटो भिडियो सहितको प्याकेजको प्रतिव्यक्ति शुल्क १५ सय रुपैयाँ रहेको छ । टेण्डम (जोडी) जिपलाइनको मज्जा २ हजार रुपैयाँमै लिन सकिन्छ ।
विद्यार्थी (परिचय पत्र सहित) लाई १० प्रतिशत र किर्तिपुर नगरपालिकाको वडा नम्बर ६ का स्थानीयले सबैखाले जिपलाइनमा २५ प्रतिशत छुट पाउनेछन् ।
भावी योजना:
कम्पनीले चोभारमा एडभेञ्चर हब नै बनाउने गरी परियोजना विकास गर्दैछ । चोभारमा ग्लास ब्रिजमा बञ्जी र स्विङ, स्काइ साइक्लिङ लगायत अन्य एड्भेञ्चरसँगै होटल तथा बिग सिनेमाको निर्माण छिट्टै सुरू गर्ने तयारी छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३