Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ २६, बिहिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

१ महिना अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

१ महिना अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
३

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
४

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
५

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि

निमोनियाबाट बालबालिका र वृद्धवृद्धालाई कसरी जोगाउने ?

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८० माघ २, मंगलबार (१ साल अघि)

  • ४४१ पटक पढिएको
  • जाडो मौसम स्वास्थ्यको दृष्टिकोणले बालबालिका र वृद्धवृद्धाका लागि निकै जोखिमपूर्ण हुन्छ । कमजोर रोग प्रतिरोधात्मक क्षमताका कारण बालबालिका र जेष्ठ नागरिकलाई यो मौसममा फोक्सोको संक्रमणका कारण निमोनियाको जोखिम हुन्छ ।  निमोनियासँगै श्वासप्रश्वाससम्बन्धी अन्य रोगले पनि शरीरमा चाँडै आक्रमण गर्छ । यस्तो अवस्थामा बर्सेनि जाडोयाममा अस्पतालमा निमोनिया र श्वासप्रश्वासका बिरामीको चाप बढेको हुन्छ ।

    यस्ता हुन्छन् निमोनियाका लक्षण

    निमोनिया फोक्सोको गम्भीर संक्रमण हो, जसको सिकार साना बालबालिका, कमजोर व्यक्ति र वृद्धवृद्धा हुने गरेको स्वास्थ्य विज्ञहरू बताउँछन् । भाइरसका कारण फोक्सो सुन्निने र फोक्सोमा पानी भरिएपछि निमोनियाको संक्रमण हुन्छ । यसको मुख्य लक्षणमा ज्वरो, खोकी र थकान समावेश छ । बिरामीलाई खोकी लाग्छ । ज्वरोसँगै पसिना आउने र काम्ने लक्षण देखिन्छ । सास फेर्न गाह्रो हुन्छ । सास फेर्दा घ्यारघ्यारको आवाज आउँछ । छाती दुख्छ, भोक कम हुन्छ वा खानामा अरुचि हुन्छ । निमोनियाबाट पीडित बालबालिकाको ओठ र नङको रङ नीलो देखिन थाल्छ । प्रतिरक्षा प्रणाली कमजोर भएकाले बालबालिकासँगै वृद्धवृद्धालाई पनि निमोनियाको बढी जोखिम हुन्छ । विशेषगरी मधुमेह र उच्च रक्तचापबाट पीडित वृद्धवृद्धाले यो मौसममा निमोनियाबाट बच्न बढी व्यायाम गर्नुपर्छ ।

    बच्ने उपायहरू

    रोग लागेर उपचार गराउने अवस्थामा पुग्नुभन्दा रोकथाम नै राम्रो हुन्छ । यस्तो अवस्थामा बालबालिका र वृद्धवृद्धालाई निमोनियाबाट जोगाउन धेरै प्रभावकारी उपाय अपनाउन सकिने स्वास्थ्य विज्ञहरू बताउँछन् । चिसोबाट जोगिन न्यानो कपडा लगाउनुपर्छ । विहान विहान व्यायायका लागि निस्कने तालिका बनाएकाहरुले घाम लागेपछि मात्रै निस्कनु हितकर हुन्छ । यदि बच्चालाई एन्टिबायोटिक दिइँदै छ भने, पूर्ण रुपमा मात्रा मिलाएर चिकित्सकले भनेको दिनसम्म खुवाउनु पर्छ । बच्चाको वरिपरि सरसफाइमा पूर्ण ध्यान दिनुहोस् । बच्चालाई निमोनियाविरुद्धको खोप लगाउन पनि सकिन्छ ।

    यदि बच्चालाई चिसो लागेको छ भने उसको छातीमा भिक्स लगाएर सुताउने र केही समय घाममा पनि राख्ने गर्नु पर्छ । यसले बच्चाको शरीरमा न्यानोपन प्रदान गर्दछ । साना बच्चाहरूले पिसाब गर्दा, तिनीहरूलाई लामो समयसम्म भिजाउनुको सट्टा समय समयमा जाँच गरिरहनुहोस् । बच्चालाई डाइपर लगाएर राख्नुहोस् ताकि उसको शरीर सुक्खा राख्न सकियोस् ।

    प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य / जीवनशैली सम्बन्धि थप
  • एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैन : स्वास्थ्य मन्त्रालय
    हरप्रहर

    एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैन : स्वास्थ्य मन्त्रालय

  • इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
    हरप्रहर

    इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

  • सात हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने
    हरप्रहर

    सात हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

  • एपेन्डिसाइटिस के हाे ? कसरी थाह पाउने ?
    हरप्रहर

    एपेन्डिसाइटिस के हाे ? कसरी थाह पाउने ?

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    २ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    २ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ३ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ३ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution