श्री बाल सुधार माध्यमिक विद्यालय मेलम्ची -७ दुवाचौरमा0 अध्ययन गरि हाल विभिन्न ठाउँमा रहेका भुतपुर्व विद्यार्थीहरुको पहिलो तथा ऐतिहासिक भेला आयोजना गरेको छ ।
भुतपुर्व विद्यार्थी भेला आह्वान मुल समितीको आयोजनामा भएको भेलाले प्रदिप पुरीको अध्यक्षतामा बाल सुधार माध्यमिक विद्यालय भूतपूर्व बिद्यार्थी समाज तदर्थ समिती गठन गरिएको छ । समितिको उपाध्यक्षमा दिपा श्रेष्ठ, सचिवमा नवीन श्रेष्ठ, कोषाध्यक्षमा नवीन गिरी सदस्यहरुमा देवराज सुवेदी, कृष्ण ढुंगाना, सोनाम तामाङ, कमला श्रेष्ठ, सुस्मिता गिरी चयन भएका छन् । साथै भेलाले बिद्यालयका पूर्व प्रधानाध्यापक ज्ञानेन्द्र श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिती गठन गरेको छ ।
प्रमुख अतिथि वडा अध्यक्ष पासाङ तामाङले भूपू विद्यार्थीहरुको सक्रियतामा भेला आयोजना हुनु खुशिको कुरा रहेको बताउँदै सबै मिलेर दुवाचौरलाई नमुना बनाउनेतर्फ लाग्न आह्वान गरे । साथै यसमा वडा सधैं साथमा रहेको र सहयोग गर्न तयार रहेको उनको भनाई छ ।
यस्तो कार्यले दुवाचौरलाई समृद्ध बनाउन र विद्यालय लगायत संस्था संचालन गर्न सहकार्य महत्त्वपूर्ण हुने बिद्यालयका प्रधानाध्यापक सुर्यप्रसाद श्रेष्ठको भनाई छ ।
सल्लाहकार समितीका संयोजक तथा पुर्व प्रधानाध्यापक श्रेष्ठले यसका लागि बिगतमा पनि यस्ता प्रयास प्रयास भएको तर सफल नभएको बताउँदै अब भने सफल हुने बिश्वास ब्यक्त गरे । तदर्थ समिती बनाएर एक जुट भएर अघि बढ्न उनले आग्रह गरे । यहाँको शिक्षाको गुणस्तर वृद्धि गर्न सहयोग गर्न सकिने बथाउँदै भौतिक संरचना बनिसकेको र अब शिक्षा सुधारका लागि छात्रवृत्ति लगायत सामाजिक कामका लागी भिन्न स्थानमा छरिएर रहेका पुर्व विद्यार्थी एक जुट हुन आवश्यक रहेको उनको धारणा थियो । समितिका अध्यक्ष पुरीले अब पुर्व बिद्यार्थी जुटेर शैक्षिक गुणस्तर वृद्धिमा लाग्नु पर्ने बताउँदै प्रतिस्पर्धामा बिक्ने गरि पढ्न बाताबरण बनाउनपर्नेमा जोड दिए । सबैलाइ समिती बनाएर समेट्न यो भेला आह्वान गरिएको पनि उनले जानकारी दिए ।
प्रमुख अतिथि वडा अध्यक्ष पासाङ तामाङ, बिब्यस अध्यक्ष नवराज सुवेदी, पुर्व वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, शिक्षक अभिभावक संघ अध्यक्ष सुदर्शन सुवेदी , प्रधानाध्यापक सुर्यप्रसाद श्रेष्ठ लगायत उपस्थित रहेको भेलामा नवीन श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । अध्यक्ष सुवेदीले शैक्षिक गुणस्तर सुधार गर्न भै रहेको प्रयासबारे जानकारी गराए । भेलाको कार्यक्रम प्रदिप पुरिले सञ्चालन गरेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३