राष्ट्रिय फाेटाे पत्रकार समूह, नेपाल नुवाकोट शाखाकाे दोस्रो जिल्ला भेला सम्पन्न भएको छ। भेलाले अध्यक्षमा दिपेश न्याैपाने चयन गरेको छ। ककनी गाउपालिकाको रानिपौवामा भएको दोस्रो जिल्ला भेलाले न्याैपानेको नेतृत्वमा कार्यसमिती गठन गरेको हो ।
एनफपिजे नुवाकोटका कार्यवाहक अध्यक्ष हरिराम भेटुवालको सभापतित्वमा भएको दोस्रो जिल्ला भेलाको प्रमुख अतिथि ककनी गाउपालिकाका अध्यक्ष सुमन तामाङ, विशेष अतिथि एनएफपिजे केन्द्रिय अध्यक्ष प्रदिप राज वन्त, वागमती प्रदेश अध्यक्ष नारायण सिलवाल, वागमती प्रदेश उपाध्यक्ष राजेन्द्र गजुरेल लगायतका फोटो पत्रकारहरुको उपस्थिती रहेको थियोे ।
भेलाले उपाध्यक्षमा हरिराम भेटवाल, सचीवमा संजय मुडभरी, काेषाध्यक्षमा रमित बलामी, सदस्यमा किसोर ओलिलाई चयन गरेको छ भने अन्य २ सदस्य कार्यसमितिले चयन गर्ने छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७