Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ १८, बुधबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

१ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

३ हफ्ता अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
२

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

३ हफ्ता अघि
३

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
४

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
५

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
६

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

१ हफ्ता अघि
७

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
८

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि

रुसी सेनामा गएका परिवारको रुवाबासी : युद्धमा नेपाली मरे रुसी सेनाले अलपत्रै छाडेर जान्छन् (भिडियाेसहित)

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८० माघ १९, शुक्रबार (१ साल अघि)

  • ३४८ पटक पढिएको
  • रुसी सेनामा भर्ना भएका नेपालीका परिवारले उनीहरुको तत्काल उद्धार गरिदिनका लागि सरकारसँग आग्रह गरेका छन् ।

    शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले सरकारलाई दबाब बढाएका हुन् । उपस्थित दर्जन बढी पीडित परिवारका सदस्यहरुले सेनामा भर्ना भएका आफ्ना आफन्तलाई नेपाल ल्याइदिन सरकारसँग माग गरेका हुन् ।

    उदयपुरबाट दुधे बालक बोकेर काठमाडौं आएकी टिना घिमिरेले पति पदम घिमिरे दुई महिनादेखि सम्पर्कविहीन भएको उल्लेख गर्दै उद्दारका लागि पहल गरिदिन आग्रह गरिन ।

    उनका अनुसार रुसी सेनामा गएका श्रीमान पदमले दुई पटक भाग्ने प्रयास गरेपनि दुवै पटक असफल भएको, पदमलाई रुसी सेनाले फर्काएर लगेपछि दुई महिनादेखि सम्पर्कमा आएका छैनन् ।

    ‘दुई महिना भैसक्यो उहाँ सम्पर्कमै हुनुहुन्न । उहाँ दुईचोटी भागेको बताउनुहुन्थ्यो । पहिलो पटक भागेको पाँच दिनमा समातेर फिर्ता ल्यायो भनेर क्याम्पबाट मलाई फोन गर्नुभएको थियो । अर्कोचोटी पनि भाग्नुभएको थियो । दुई दिनमै उहाँ समातिनु भयो ।’

    त्यसपछि युद्धमा जान लागेको बेला आफूलाई कल गरेको सम्झँदै उनले भावुक हुँदै थपिन,‘त्यसपछि राति म ‘वाक’ जान लागेको छु । आएपछि फोन गर्छु भनेर जानुभएको त्यसपछि फोन गर्नुभएको छैन् ।’ अवरुद्ध गला र झरेका आँशुले टिनाको पीडा प्रष्ट देखिन्थ्यो ।

    यस्तै, खोटाङकी शिला राईले पनि रुसी सेनामा भर्ना भएका आफ्नो दाई रवीनकुमार राई घाइते अवस्थामा रहेको जानकारी दिँदै उद्धार गरिदिन आग्रह गरिन् । शिलाको अनुसार उनको दाई रवीनकुमार २१ दिनदेखि रुसको अस्पतालमा उपचाररत छन् ।

    शिलाले भनिन्, ‘दाई हामीसँग सम्पर्कमै हुनुहुन्छ । तर,उहाँ हस्पिटलमा हुनुहुन्छ । अडियो कल बाहेक भिडियोमा हेर्न पाएका छैनौ । उहाँ नेपाल आउन चाहनुहुन्छ । मेरो दाइलाई मात्र होइन जतिपनि रसियन आर्मीमा आवद्ध हुनुहुन्छ उहाँहरुलाई सरकारले चाँडोभन्दा चाँडो नेपाल पर्काइदिन अनुरोध गर्छु ।’

    यता सतुङ्गलका नारायण खड्गीले पनि आफ्नो सालो सम्पर्कविहीन भएको सुनाए । सात लाख रुपैयाँ खर्च गरेर ६ महिना अगाडि रुसी सेनामा भर्ना भएका रामकुमार प्रधानसँग अन्तिम पटक असोज २५ गते कुराकानी भएको खड्गीले बताए । त्यसयता उनका सालो सम्पर्कविहीन छन् ।

    आफ्नो सालोसँग बन्करमा बसेका केही नेपाली घाइते भएको उल्लेख गर्दै उनले थपे, ‘एउटै बंकरमा बसेको उसका साथीहरुलाई बमको छर्रा लागेर घाइते भएकोले उपचार गराइरहेका छन् । मेरो सालो कहाँ गयो भाग्यो कि युक्रेनले समात्यो थाहा छैन ।’

    रुसी सेनामा भर्ती भएका तर भागेर खोटाङका दुई महिना अघि नेपाल आउन सफल सुमन राईले त्यहाँ करिब १४÷१५ हजारको आँकडामा नेपाली भर्ती भएको हुनसक्ने बताएका छन् । आफैंले चारसय बढीको ज्यान गुमाएको देखेको उनको भनाइ छ ।

    रसियन फौजमा ज्यान गुमाएका र बेपत्ता भएकाका परिवारको पत्रकार सम्मेलनमा उनले सुकेधाराको मेनपावरबाट भिजिट भिसामा रुस पुगेकै भोलिपल्ट भर्ना भएको जानकारी दिएका थिए ।

    आफूले एक महिना १८ दिन त्यहाँ काम गरेको उनको भनाई छ । ‘मेरै अगाडि ६ जना मरेको देखेर आएँ । त्यो भन्दा धेरै मरिसकेका छन्’, उनले भने ।

    उनले ऋण काढेर रुस जाँदा आठ लाख र भागेर आउँदा तीन लाख रुपैंयाँ तिरेको बताए । उनका अनुसार सेनामा भर्ती भैसकेपछि युद्धमा कोही मरे भने उनीहरुलाई त्यसै छाडिन्छ ।

    सुमनले भने, ‘नेपाली मरे छाडेर रुसीहरू गाडी लिएर जान्छन् । मंगोलियन, भारतीय र चिनियाँ पनि त्यहाँ छन् ।’

    असोज १५ मा रुस पुगेका राई तिहारको अघिल्लो दिन रातो पासपोर्टका लागि ज्यान दिन्न भनेर नेपाल फर्किएको सुनाएका थिए । उनको लटमा भर्ना हुनेहरू आठसय जना रहेको उनले सुनाए ।

  • रुसी सेनामा नेपाली
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    हरप्रहर

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

  • इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    हरप्रहर

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

  • बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    हरप्रहर

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

  • माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ
    हरप्रहर

    माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    १ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    १ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    २ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution