Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ २८, शनिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

१ महिना अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

१ महिना अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
४

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
५

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि

मौद्रिक नीति खुकुलो बनाउन उद्योगी व्यवसायीको राष्ट्र बैंकलाई आग्रह

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८० माघ २४, बुधबार (१ साल अघि)

  • २५७ पटक पढिएको
  • उद्योगी व्यवसायीले शोधानान्तर स्थिति र चालु खाता दुवै उच्च भएको उल्लेख गर्दै मौद्रिक नीति खुकुलो बनाउन राष्ट्र बैंकलाई आग्रह गरेका छन् ।

    हाल शोधानान्तर स्थिति र चालु खाता राम्रो हुँदा अर्थतन्त्रको बाह्य अवस्था बलियो बन्दै गएको र बैंक तथा वित्तीय संस्थाहरुमा ठूलो पूँजी थु्रप्रियको बताएका उद्योगी व्यवसायीहरुले निजी क्षेत्रसँगै आम मानिसमा सकारात्मक सन्देश जाने गरी अर्धवार्षिक मौद्रिक नीतिमा राष्ट्र बैंकले समीक्षा गर्नुपर्नेमा जोड दिए ।

    बुधबार इकोनोमिक मिडिया एशोसियसन नेपालको पहिलो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका कार्यबाहक अध्यक्ष कमलेश अग्रवालले राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनमा वाह्य क्षेत्र थप बलियो बन्दै गएको भन्दै अब राष्ट्र बैंकले मौदिक नीति खुकुलो बनाउनुपर्ने बताए ।

    उनले भने, ‘राज्यले सही ढंगले लगानीमैत्री र आर्थिक गतिविधि विस्तार गर्ने खुकुलो नीति लियो भने आर्थिक गतिविधि खुकुलो बन्छ होइन भने आर्थिक गतिविधि घट्दै जान्छ । जुन उद्देश्यले पहिला संकुचित मौद्रिक नीति लिइएको थियो त्यसमा व्यापक परिवर्तन भैसकेको छ । हामी अहिलेसम्मकै उच्च विदेशी मुद्रा सञ्चिति गर्ने स्थितिमा पुगेका छौं । शोधानान्तर स्थिति र चालु खाता दुवै उच्च भएको छ ।’

    संगै कार्यक्रममा रहेका राष्ट्र बैंकका कार्यकारी निदेशक गुरुप्रसाद पौडेललाई अग्रवालले भने, ‘कछुवाको तालले सुधारका गतिविधि गरेर हुँदैन अब द्रुत गतिले लिबरल मौद्रिक नीति अपनाउनु पर्यो ।’

    राष्ट्र बैंकले मंगलबार जारी गरेको तत्यांकमा शोधनान्तर बचत २ खर्ब ७३ अर्ब,५२ करोड र  विदेशी मुद्रा सञ्चिति दर १८ खर्ब १६ अर्ब नाघेको उल्लेख छ ।

    यस्तै, कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्र प्रसाद ढकालले पनि मौद्रिक नीतिबारे समीक्षा गरिनुपर्ने बताए । उनले अर्धवार्षिक रुपमा मौद्रिक नीति सकारात्मक वातावरण बन्ने गरी आउने अपेक्षा व्यक्त गरे ।

    ‘सूचाङ्कको हिसावले अहिले धेरै आर्थिक सूचाङ्कहरु सकारात्मक रुपमा देखिएको छ । विदेशी मुद्रा सञ्चिति होस् ,रेमिट्यान्स आप्रवाह वा बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात यी सबै कुराहरु सकारात्मक हुँदुहुँदै पनि आम नागरिकमा सकारात्मक सन्देस जान सकेको चाँही छैन । अर्धवार्षिक रुपमा मौद्रिक नीति जुन आउँदै छ,यसले आम नागरिकमा आत्मविश्वास बढाउने हिसावको पब्लिकमा सकारात्मक सन्देश जाने गरी आउने छ भन्ने आशा छ ।’ उनले थपे, ‘आउने दिनहरुमा अर्धवार्षिक मौद्रिक नीति र बजेटमा पब्लिकमा सकारात्मक सन्देश जाने नीति लिइयोस भन्ने अपेक्षा गर्नु ।’

    ढकालले आगामी बैशाखमा हुने लगानी सम्मेलनमा कानूनी बाधा अड्चन फुकाउन सरकारले बाह्र ओटा कानूनलाई अध्यादेश मार्फत भएपनि संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

    ढकालले लगानी सम्मेलनको लागि विभिन्न कानूनी अड्चन देखिएकोले सम्मेलन अगावै सरकारले सम्भव भए विधेयकमार्फत नत्र अध्यादेशमार्फत भए पनि सम्बोधन गर्न सके त्यसले राम्रो सन्देश प्रवाह हुने बताए ।

    ‘आउने अप्रिलमा जुन लगानी सम्मेलन हुन गैरहेको छ ।हामीले १२ ओटा कानूनहरु संशोधन गरेर लगानीलाई प्रबद्र्धन गर्ने गरी सुझावहरु दिइसकेका छौं । ती कानूनहरु लगानी सम्मेलन भन्दा पहिलानै चाहे अध्यादेशबाट वा विधेयकबाट परिमार्जन गर्न सकियो भने यसले राम्रो सन्देश जान्छ ।’

    उनले सरकारले नीजि क्षेत्रलाई लगानी गर्ने वातावरण बनाउन खोजिरहेको बेला समयमै समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तिर्न पर्दैन भन्ने जनमानसमा परेको दुविधा हटाउनपर्ने बताए ।

    कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले राष्ट्र बैंकले उक्त भ्रमलाई चिर्ने प्रयास गरेको जानकारी दिए ।

    ‘नेपाल राष्ट्र बैंक र अरुले कर्जा लिएपछि तिर्नु पर्छ भनेर भनिरहनु भएको छ । हामी के प्रतिबद्धता गर्छौ भने राष्ट्र बैंकको नियम निर्देशन नमान्ने बैंक तथा वित्तीय संस्थाहरुलाई कारबाही गर्छौ । कर्जा लिएपछि तिर्नुपर्छ भन्ने खालको सन्देश जाने हिसाबले अर्थमन्त्रीले बोल्दिनु भयो भने वातावरण सकारात्क बन्दै जान्छ’ पौडेलले भने ।

    पौडेलले नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्र सूचकको हिसाबले अहिले एकदम सबल भएको बताए । उनले आन्तरिक क्षेत्र पनि चलायमान र गतिशिल बन्दै जाने अवस्थामा रहेको उल्लेख गरे ।

    उनले बैंक तथा वित्तीय क्षेत्र,लघुवित्त संघसस्थालगायतका संस्थाहरुबाट प्रवाह हुने कर्जालाई उत्पादनसिल क्षेत्रमा लगाउनुपर्ने बताए ।

    ’अब हामीले के सोच्नुपर्ने छ भने,कर्जालाई हामीले उत्पादनसिल क्षेत्रमा लैजानु पर्छ । कर्जालाई उपभोग्य क्षेत्रमा बढी प्रवाह गरियो भने अहिलेको यो दुर्लभ वित्तीय स्रोतलाई उत्पादनको क्षेत्रमा लगेर जुन अर्थतन्त्रको लक्ष्य राखेर अगाडि बढेका छौं त्यता लैजान सक्दैनौ । गहिरो ढंगले यता सोच्नुपर्ने अवस्था छ ।’

    प्रतिक्रिया दिनुहोस
    आर्थिक सम्बन्धि थप
  • इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    हरप्रहर

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

  • इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    हरप्रहर

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

  • बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    हरप्रहर

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

  • माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ
    हरप्रहर

    माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    २ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    ३ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ३ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ३ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution