Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ १६, सोमबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

१ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

१ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

३ हफ्ता अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
२

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

३ हफ्ता अघि
३

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
४

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
५

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

१ हफ्ता अघि
६

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
७

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

१ हफ्ता अघि
८

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि

विश्वविद्यालयको मामिलामा प्रधानमन्त्री झुटो : ओली

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८० फागुन २, बुधबार (१ साल अघि)

  • २१६ पटक पढिएको
  • एमालेको अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति दलीय भागबन्डा नभइ योग्यताका आधारमा गर्ने भनेर प्रधानमन्त्री पुष्पकमल दाहालले झुटो बोलेको आरोप लगाएका छन् ।

    पार्टी कार्यालय च्यासलमा बुधबार आयोजित अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । दलीय भागबन्डा नगरी योग्यताका आधारमा त्रिवि उपकुलपति नियुक्त गर्ने बताए पनि अहिले आएर योग्यलाई पाखा लगाउँदै पार्टीका आसेपासेको सूची बनाइएको उनको आरोप छ ।

    ‘प्रधानमन्त्रीले अस्ति २–४ पटक नै खोक्नुभयो, गजब खोक्नुभयो, कुराले खोकेको हो त्यो । अब विश्वविद्यालयमा मेरीटोक्रेसी लगाइन्छ दलीय आधारमा हुँदैन भनेर अहिले जुन सर्टलिस्ट उहाँहरुले बनाउनुभएको छ, योग्य जतिलाई छाँट्नुभएको छ,’ उनले भने, ‘गठबन्धनका आसेपासेहरु वरपर बस्नेहरु अयोग्य साबित भइसकेकाहरु, पछि पनि योग्य हुन नसक्नेहरु ठाडै राजनीतिक दलको सेवा गरेर कुट्नेहरु त्यस्तोलाई सर्टिङ गरेर उहाँको मेरीटोक्रेसी पहिले नै देखियो । गठबन्धनका लागि अपवित्र काम गरिसकेकाहरु हुनुपर्ने भन्ने देखियो । चारतिर खोक्दै हिड्नुभएको थियो उहाँ मेरीटोक्रेसीको नाम लिएर ।’

    त्रिवि उपकुलपति छनोट हाल प्रक्रियामा छ । सिफारिस समितिले १४ जनाको सूची तयार गरेको  छ, जसमध्ये ३ जनाको नाम नियुक्तिको सिफारिसमा पर्ने छ । उक्त सूचीप्रति ओलीले विमति जनाए । दलीय भागबन्डा नगर्ने भन्दै आफूले गरेको प्रतिबद्धताविपरीत प्रधानमन्त्री दाहालको योजना देखिएको उनले बताए ।

    नयाँ दललाई कटाक्ष : भोलि उठी कहाँ जाने थाहा छ ?

    सम्बोधनका क्रममा ओलीले नयाँ दलहरुलाई पनि कटाक्ष गर्न छाडेनन् । कुनै पनि दलको सैद्धान्तिक धार प्रष्ट हुनुपर्ने उनले औंल्याए ।

    ‘नयाँ नयाँ भन्ने छ । मैले नयाँका नेतालाई अस्ति नै भने ए बाबु तिमीहरूले पोहोरै खोल्या पार्टी पुरानो भइसक्यौ त । एक पटक सांसद भइसकेपछि तिमीहरु पुरानो भइसक्यौ । तिमीहरूको पार्टीमा समस्या पैैदा हुने बेलै भएको छैन,’ उनले भने, ‘मान्छे नभएको बेलामा सडकमा जम्मा भए, उम्मेदवार थिएन, पार्टी संस्था संगठन केही थिएन । को उम्मेदवार हुन्छौं भन्दा हात उठायो एउटाले नाम के कुन क्षेत्रमा उ्ठने भनेर सोध्यो त्यही उम्मेदवार भयो । अर्को पटक भइसकेकाले छोड्न मान्दैन, भइरहेकाले छाड्न मान्दैन, नयाँले नयाँ छ तिमीहरुमध्ये कोही एक सांसद भएपछि सन्यास लिनेवाला छौं र ? त्यसपछि पाँच वर्षपछि तिमीहरु नयाँ छौ, हामी जस्तो अनुभवी चाहिन्छ भनिहाल्छौं नि ।’

    अर्का नारा दिएजसरी राजनीतिक दलको व्यवस्थापन सजिलो नभएको उनले बताए । दलहरुको सैद्धान्तिक धार प्रष्ट हुनुपर्नेमा उनको जोड थियो ।

    ‘उनीहरूको कुनै गन्तव्य छैन, पोलिटिकल कलर छैन । आकार कस्तो हुन्छ ? कस्तो फुल्छ ? कस्तो फल्छ ? यी अमिलो गुलियो टर्रो कस्तो फल्छन् कि केही पनि थाहा छैन । खुर्सानी जस्तो हुन् र पिरा फल्छन् कि थाहा छैन,’ उनले भने, ‘फल्छ कस्तो, रंग टुंगो छैन । कहाँ जाने ? समाजवाद कि पुँजीवादमा ? त्यो पनि टुंगो छैन । भोलि उठी कहाँ जाने थाहा छैन ।’

    सम्बोधनका अधिकांश समय सत्ता गठबन्धन, प्रधानमन्त्री र नयाँ दलको आलोचनामा खर्चिएका ओलीले आफ्नो दल एमाले भने सशक्त भएको बताएका थिए । जनस्तरमा प्रभाव बढाइरहेकाले विरोधीलाई जवाफ दिन सक्षम रहेको भनाइ राखेका थिए ।

  • केपी शर्मा ओली
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    हरप्रहर

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

  • इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    हरप्रहर

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

  • बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    हरप्रहर

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

  • माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ
    हरप्रहर

    माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    १ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    १ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    १ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution