Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ २१, शनिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

४ हफ्ता अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

४ हफ्ता अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

४ हफ्ता अघि
२

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
३

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

४ हफ्ता अघि
४

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
५

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
६

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
७

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
८

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि

सुन आयोगको मौन अवधि सुरु, प्रतिवेदन लेखिसक्न समय थपिने सम्भावना

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८० फागुन ६, आईतबार (१ साल अघि)

  • २७५ पटक पढिएको
  • अवैध सुन तस्करीमाथि अनुसन्धान गरिरहेको उच्चस्तरीय आयोगले अन्तिम प्रतिवेदन लेखिसक्न समय नपुग्ने भएकाले निर्धारित अवधिमा प्रतिवेदन बुझाउन नसकिने जनाएको छ । आयोग सम्बद्ध उच्च सूत्रले ‘आयोगको मौन अवधि सुरु भएकोले अनुसन्धानबारे सबै विवरण प्रतिवेदन मार्फत नै सार्वजनिक हुने’ बतायो ।

    आगामी मंगलबार बस्ने बैठकबाट समय थपिमाग्न सरकारसँग औपचारिक आग्रह गरिने आयोग सूत्रले जानकारी दिएको छ ।

    आयोगले झण्डै सय जना विभिन्न व्यक्तिहरुसँग प्रत्यक्ष वार्ता र परामर्श गरिसकेको छ भने केही प्रमाणहरुको प्राविधिक परीक्षणको प्रतिवेदन आउन बाँकी रहेको बुझिएको छ । प्रमाणहरुको प्राविधिक परीक्षण प्रतिवेदन फिर्ता आएपछि सदस्यहरुले खण्डखण्ड बाँडेर प्रतिवेदन लेख्ने तयारी भएको थाहा भएको छ ।

    यसबीच आयोगले ३३ जनासँग दोहोर्याएर बयान लिएको छ । त्यसैगरी अवैध सुन तस्करीमा प्रत्यक्ष संलग्न २१ जनासँग पनि बयान लिएको छ । ११ जना अनुसन्धान अधिकारी, अरु १८ जनासँग परामर्श गरेको छ भने नेपाल राष्ट्र बैंक लगायत सम्बद्ध निकायसँग पनि सुनको अवैध तस्करीबारे जानकारी लिएको आयोग सूत्रले बताएको छ ।

    आयोगले अनुसन्धान सक्नै लाग्दा आइतबार सशस्त्र र नेपाल प्रहरी दुवैका विभागीय प्रमुखसँग आवश्यक प्रमाण र विवरण मागेको छ ।

    गृह मन्त्रालयको पुरानो भवनस्थित आयोगको कार्यालयमा बोलाइएका प्रहरी महानिरीक्षकहरु नेपाल प्रहरीका वसन्त कुँवर र सशस्त्रका राजु अर्यालसँग आयोग पदाधिकारीहरुले लामो छलफल गरेपछि विवरण मागेका हुन् ।

    आयोगले सुन तस्करीसम्बन्धी अनुसन्धान सकेर अन्तिम प्रतिवेदन बुझाउने तयारी गरिरहेको थाहा भएको छ । यही क्रममा सुरक्षा निकाय र अनुसन्धानसँग सम्बद्ध अंगका अधिकारीहरुसँग पनि आयोगले छलफल गरेर अनुसन्धानको बिट मार्ने तयारी गरिरहेको आयोग पदाधिकारीले जनाएका छन् ।

    आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा, उनका छोरा राहुल महरा, सीआइबीका प्रमुख एआइजी किरण बज्राचार्यहरुसँग जानकारी लिइसकेको छ । आइजीपीहरुसँग संगठनका कुनै प्रकारको जानकारी भए त्यसको विवरण दिनु भनेर माग गरिएको आयोग सूत्रले बताएको छ ।

    सरकारले सुनको अवैध तस्करी बढ्दै गएपछि संसदमा उठेको मागअनुसार उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा अनुसन्धान आयोग गठन गरेको थियो ।

    विद्युतीय चुरोट (भेप) र सवारीसाधनका ब्रेक सु लगायतमा लुकाएर ल्याएको सुनसम्बन्धी छानबिन गरी संलग्नमाथि कारबाही सिफारिस गर्न सरकारले पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो । पूर्वएआईजी सहकुल थापा र पूर्वसहसचिवद्वय किशोरजंग कार्की र प्रेमराज जोशीसमेत सम्मिलित चार सदस्यीय आयोगलाई पुस १६ सम्म काम सक्न समय तोकिएको थियो । निर्धारित समयमा काम नसकिएपछि आयोगको समयावधि थप गरिको थियो ।

    आयोगले अहिलेसम्म नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले अनुसन्धान दायरामा ल्याएका व्यक्तिहरुसँग बयान लिएको छ । विज्ञ तथा सम्बन्धित निकायका प्रतिनिधिसँग परामर्श गरेको छ । २०७९ पुस १० मा दुबईबाट भेपमा ९ किलो सुन भित्रिएको थियो भने हङकङबाट विमानमा कार्गो गरी ल्याएर भन्सार जाँच पार गरिसकेको अवस्थामा साउन २ गते सिनामंगल सडकबाट ६० किलो सुन बरामद भएको थियो । आयोग बनेपछि पनि स-साना परिमाणमा सुन तस्करी भइरहे ।

    आयोगले यसअघि गठन गरिएका सुन तस्करीसम्बन्धी आयोग र प्रतिवेदनलाई समेत आधार मानेर अनुसन्धान गरेको छ । अहिलेसम्मको अनुसन्धानले सुन तस्करीको जालो अकल्पनीय ढंगले फैलिएको तथ्य प्रमाणहरुबाट देखिएको बुझिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    हरप्रहर

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

  • इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    हरप्रहर

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

  • बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    हरप्रहर

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

  • माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ
    हरप्रहर

    माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    १ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    २ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    २ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution