हङकङमा हुन लागेको त्रिकोणात्मक टी २० सिरिजका लागि नेपाली टिम घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । अहिले जारी प्रतियोगितामा १८ सदस्यीय स्क्वाड घोषणा गरेको नेपालले त्यसबाट १४ जनाको टोलीलाई हङकङ पठाउन लागेको हो ।
अहिले नामिबिया र नेदरल्याण्डसँग त्रिकोणात्मक टी २० खेलि रहेको टिमबाट सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, अनिल साह र आशिफ शेखलाई विश्राम दिइएको छ ।
रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलसन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, रसिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अभिनास बोहोरा रहेका छन् ।
नेपालले हङकङमा मार्च ९ देखि १३ तारिखसम्म त्रिकोणात्मक टी २० क्रिकेट खेल्ने छ । त्यहाँ नेपालले घरेलु टोली हङकङका साथै पपुवा न्युगिनी (पीएनजी)सँग पनि खेल्ने तालिका रहेको छ ।
त्रिकोणात्मक टी-२० सिरिजमा मार्च १० मा हङकङ र नेपाल खेल्ने छन् भने मार्च १२ मा दुई खेल हुने छन् । मार्च १२ मा पिएनजी र नेपाल पहिलो खेलमा खेल्ने छन् भने दोस्रो खेलमा हङकङ र पिएनजी खेल्ने छन् ।
मार्च १३ मा त्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ ।
साथै सिरिज अघि हङकङ र नेपाल बीच मार्च ९ मा फ्रेन्डसिप कप हुने हङकङ क्रिकेट बोर्डले जानकारी दिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३