Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ २१, शनिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

४ हफ्ता अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

४ हफ्ता अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

४ हफ्ता अघि
२

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
३

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

४ हफ्ता अघि
४

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
५

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
६

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
७

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
८

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि

महिला स्वास्थ्य स्वयंसेविकाहरु प्रति सरकारी नीति: काममा जोताउने, दाम नदिने

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८० फागुन २८, सोमबार (१ साल अघि)

  • २९४ पटक पढिएको
  • महिला स्वास्थ्य स्वयंसेविकाहरुले गरेको काम अनुसार राज्यले उनीहरुलाई सेवा सुविधामा चरम भेदभाव गरेको यस क्षेत्रमा कार्यरतहरुले बताएका छन् । उनीहरुले सामुदायिक स्वास्थ्यकर्मीका रुपमा कार्यरत ५४ हजार भन्दा बढी स्वास्थ्य स्वयंसेविकाहरुलाई समान काम गर्दा पनि अन्य व्यक्तिको तुलनामा भेदभाव गरिएको उनीहरुको भनाई छ ।

    ११४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा पब्लिक सर्भिसेज ईन्टरनेशनल (पिएसआई), नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नागार्जुन नगरपालिकाकी उपमेयर शुशीला अधिकारीले महिला स्वास्थ्य स्वयंसेविकाहरुले गरिरहेको सेवा अमूल्य रहेको बताइन् । उनले कसैलाई पनि नि:शुल्क कामा लगाउनु भनेको शोषण हो भन्दै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई काममा लगाएवापत उनीहरुको दैनिकी चल्ने सुविधा उपलव्ध गराइनुपर्ने धारणा राखिन् ।

    सो अवसरमा बोल्दै संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र (जेटीयूसीसी) का अध्यक्ष योगेन्द्र कुमार कुँवरले महिला स्वास्थ्य स्वयंसेविकाहरुले गर्दै आएको काम सामुदायिक स्वास्थ्यकर्मीको नै रहेको र उनीहरुलाई श्रम ऐनले समेट्ने दायरामा ल्याउन काम गर्न सुझाव दिए । उनले स्वयंसेविका भनेर उनीहरुलाई सधैं नि:शुल्क रुपमा काममा लगाउनु गलत रहेको भन्दै स्वास्थ्य स्वयंसेविकाहरुको विषयमा नितिगत परिवर्तनका लागि जेटीयूसीसीले आवाज उठाउने प्रतिवद्धता जनाए ।

    छलफलमा बोल्दै जनस्वास्थ्य विज्ञ भोगेन्द्र डोटेलले नेपालको महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमबाट पाकिस्तान, भारत लगायतका मुलुकहरुले सिकेर अभ्यास गरेको स्मरण गरे । उनले संघिय र प्रदेश सरकारहरुले स्वास्थ्य स्वयंसेविकाहरुका लागि समयानुकुल अध्ययन र सोही अनुरुपको निति बनाउनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा बोल्दै नेपाल स्वास्थ्य सेवक संघ (हिभोन) की अध्यक्ष बसन्ती महर्जनले आफूहरुले ९० प्रकारका काम गर्नुपर्ने भन्दै दैनिक कम्तीमा चार घण्टा काम गर्नुपर्ने अवस्था रहेको बताइन् । उनले काम अनुसार सरकारले ज्याला नदिएको भन्दै यसका लागि यूनियनहरुले संयुक्त रुपमा आवाज उठाइरहेको बताइन् ।

    यसैगरी नेपाल स्वास्थ्य स्वयंसेवि संघ (नेभा) की अध्यक्ष गीता थिङले स्वास्थ्य स्वयंसेविकाहरुको आवाज अझै पनि नसुनिएको भन्दै केहि पालिकाहरुले भनें सकारात्मक काम गरेको बताइन् । उनले आफूहरुको कामको थोरै भएपनि मूल्याङ्कन स्थानीय सरकारहरुले गर्न थालेको भन्दै यसलाई देशव्यापी रुपमा पुर्याउन आवश्यक रहेको धारणा राखिन् ।

    सो अवसरमा पव्लिक सर्भिसेज ईन्टरनेशनल (पिएसआई) ले नेपालका सामुदयिक स्वास्थ्यकर्मीहरुले भोग्दै आएको चुनौति तथा कठिन संघर्ष मार्फत प्राप्त महत्वपूर्ण उपलव्धीहरु समेटिएको एक वृत्तचित्र सार्वजनिक गर्यो । सामुदायिक स्वास्थ्यकर्मी महिलाहरु मात्र संलग्न रहेको त्यस्तो श्रम क्षेत्र हो जसले समुदाय र सरकारी स्वास्थ्य सेवालाई जोड्ने काम गर्दै आएको छ । समाज, समुदाय र बालस्वास्थ्य सुधारका लागि अथक मेहनत गरिरहेका सामुदायिक स्वास्थ्यकर्मी महिलाहरुलाई सशक्त बनाउन उनीहरुले गर्दै आएको कामको पहिचान प्रदान गर्नु र उनीहरुको अधिकारको रक्षा गर्नु आवश्यक रहेको पिएसआईले जनाएको छ ।

    सार्वजनिक गरिएको भिडियोले सामुदायिक स्वास्थ्यकर्मीहरुलाई उनीहरुको अनुभव तथा उपलव्धी बारे जानकारी गराउने अवसर दिएको जनाइएको छ । नेपालमा महिला स्वास्थ्य स्वसंसेविका भनेर चिनिने सामुदायिक स्वास्थ्यकर्मीहरुले सुविधाबाट वञ्चित समुदायलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्य संस्थाहरुसँग जोड्ने काम गर्दै आएका छन् । दैनिक रुपमा घरहरुसम्म पुगेर उनीहरुले बालबालिकालाई समान्यतया आइपर्ने स्वास्थ्य समस्याहरुको पहिचान तथा उपचार गर्ने, झाडापखाला लागेकाहरुलाई पुनर्जलिय झोल (जस्तै जीवनजल) तथा जिंक चक्की प्रदान गर्ने र गर्भवती महिलाले सुत्केरी हुनुपूर्वको जाँच गरेको सुनिश्चितता गर्ने तथा नवजात शिशुहरुको स्वास्थ्यको बारेमा जानकारी लिने गर्दछन् । स्वास्थ्य सचेतना सम्वन्धी जानकारी प्रदान गर्ने र सरकारका विभिन्न कार्यक्रम तथा अभियानहरुका बारेमा सुचना तथा जानकारी प्रदान गर्नु पनि उनीहरुको जिम्मेवारी अन्तर्गत पर्दछ ।

    महत्वपूर्ण जिम्मेवारीका वावजूद सामुदायिक स्वास्थ्यकर्मीहरुले आफ्नो जिम्मवारी निर्वाह गर्ने क्रममा श्रोतसाधनको अभाव, तालिमको कमि, जोखिमयुक्त काम लगायतका समस्याहरु भोग्नु परिरहेको पिएसआईले जनाएको छ । उनीहरुलाई नियमित काम गर्ने श्रमिकका रुपमा स्वीकार गर्न मानिएको छैन र अन्य सरकारी कर्मचारीहरुले प्राप्त गर्ने सुविधाहरु जस्तै मातृत्व वापतको सुविधा, पेन्सन, सामाजिक सुरक्षा लगायतबाट वञ्चित गरिएको छ । उनीहरुले नियमित तलव पाएका छैनन्, तोकिएको काम गरेवापत केवल न्यून सुविधा दिने गरिएको छ ।

    नेपालको स्वास्थ्य सेवा प्रणाली विभिन्न चुनौतिहरुसँग जुधिरहेको सन्दर्भमा पिएसआई, नेभा तथा हिभोन सामुदायिक स्वास्थ्यकर्मीहरुको अधिकारको वकालत तथा उनीहरुको गरिमा स्थापित गर्न दृढ संकल्पित रहेको पिएसआई नेपालकी परियोजना संयोजक जेनी जैन थापाले बताएकी छन् ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    हरप्रहर

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

  • इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    हरप्रहर

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

  • बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    हरप्रहर

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

  • माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ
    हरप्रहर

    माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    १ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    २ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    २ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution