समाजवादी प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटिको भेलाबाट आशिष् गुुराँगाईको नेतृत्वमा ११ सदस्यीय उपत्यका प्रदेश कमिटि निर्वाचित भएको छ ।
बुधवार ललितपुरमा आयोजित उपत्यका प्रदेश भेलाले उपाध्यक्षमा लिजा क्षेत्री, सचिवमा सौगात मिश्र, सहसचिवमा योगेन्द्र चौलागाँई र महिला सहसचिव समावेशीमा सुस्मिता सुनार र कोषाध्यक्षमा गणेश विकलाई सर्वसम्मत चयन गरेको छ ।
त्यस्तै सदस्यहरुमा केशव बजगाँई, वेदप्रसाद भट्ट, टिका रसाईली र डिग श्रेष्ठ रहेका छन् । भेलाले उपत्यकाभित्रका पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि खोजमुलक पत्रकारिता, सामाचार रिर्पोटिङ, प्रेस स्वतन्त्रताको वकालत, डिजिटल इनोभेसन, डिजिटल आउटरिचका कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको छ ।
साथै भेलाले पत्रकार महासंघको सदस्यता वितरणको असन्तुलनका विषयमा छलफलका माध्यमबाट समाधान निकाल्न महासंघ नेतृत्वको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । भेलाको उद्धघाटन समारोहलाई सम्बोधन गर्दै नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडाले पछिल्लो राजनीतिक परिघटनालाई आत्मासाथ गर्दै पत्रकारहरुले एकताबद्ध रुपमा समाजवाद केन्द्रीत गतिवधिहरु संचालन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष विश्वमणी सुवेदीले पत्रकारका हक अधिकारका लागि संगठन सदैव अग्रपंक्तीमा रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा नेकपा एस ललितपुरका उपाध्यक्ष उषा बर्जचार्य, नेकपा एस काठमाण्डौँ जिल्ला कमिटि सचिव धुब्रराज न्यौपाने, नेकपा एमाले प्रचार विभाग सदस्य मोहन वास्तोला, नेपाल पत्रकार महासंघ अध्यक्ष सूर्य सुवेदी, प्रेस सेन्टर काठमाण्डौँ जिल्ला कमिटिका सचिव रमेश लामिछाने लगायतको उपस्थिति थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७