Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ माघ २६, सोमबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

वीरगञ्जको आदर्शनगरमा सुरक्षाकर्मी र व्यापारीबीच झडप : एक सशस्त्र प्रहरी घाइते, गोदाममा छापा

५ घण्टा अघि
२

वरिष्ठ कलाकार सुनिल थापाको निधन

२ दिन अघि
३

सरकार चुनाव जिताउन कसैको एजेण्डाको माध्यम बन्न खोजेको जस्तो देखिन्छ : महेश बस्नेत

५ दिन अघि
४

ललितपुर-३ मा थापा जिताउने मिसन: २०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

५ दिन अघि
५

एकल बहुमत पाए पाँच वर्षभित्र ठोस परिवर्तन गरेर देखाउँछौँ : तोषिमा कार्की

१ हफ्ता अघि
६

सुनको मूल्यमा भारी गिरावट

१ हफ्ता अघि
७

एकल बहुमत पाए पाँच वर्षभित्र ठोस परिवर्तन गरेर देखाउँछौँ : तोषिमा कार्की

१ हफ्ता अघि
८

ह्वात्तै घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि घट्यो

१ हफ्ता अघि
९

सहकारी ठग रबि लामिछानेलाई बहिष्कार गरेर लखेट्छौं : महेश बस्नेत

१ हफ्ता अघि
१०

क्यूआर भुक्तानीमा बढ्दै ठगी, राष्ट्र बैंकद्वारा विक्रेता र सेवा प्रदायकलाई सतर्क रहन आग्रह

१ हफ्ता अघि
११

अरु पार्टी उज्यालो नेपाल पार्टीमा मिसिन आउन सक्छन्, तर यो पार्टी कसैसँग मिसिन जाने छैन : कुलमान

१ हफ्ता अघि
१२

क्यानडालाई ट्रम्पको चेतावनीः चीनसँग व्यापार सम्झौता गरे १०० प्रतिशत भन्सार कर लगाइने

२ हफ्ता अघि

धेरै पढिएका

१

ललितपुर-३ मा थापा जिताउने मिसन: २०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

५ दिन अघि
२

ह्वात्तै घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि घट्यो

१ हफ्ता अघि
३

देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ : प्रचण्ड

२ हफ्ता अघि
४

चर्चित गायक प्रशान्त तामाङको निधन

४ हफ्ता अघि
५

कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

४ हफ्ता अघि
६

क्यूआर भुक्तानीमा बढ्दै ठगी, राष्ट्र बैंकद्वारा विक्रेता र सेवा प्रदायकलाई सतर्क रहन आग्रह

१ हफ्ता अघि
७

कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

४ हफ्ता अघि
८

सुनको मूल्यमा भारी गिरावट

१ हफ्ता अघि
९

विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला

४ हफ्ता अघि
१०

सबैको चासो रहेको सर्लाही क्षेत्र नम्बर ४ मा कसले मर्ला बाजी ?

२ हफ्ता अघि
११

एकल बहुमत पाए पाँच वर्षभित्र ठोस परिवर्तन गरेर देखाउँछौँ : तोषिमा कार्की

१ हफ्ता अघि
१२

कोशीमा २८ सिटका लागि ५०५ उम्मेदवार, झापा बन्यो चुनावी ‘इपिसेन्टर’

२ हफ्ता अघि

खोकनाको ऐतिहासिक १२ वर्षे सिकाली अजिमा जात्रा काठमाडौंमा

हरप्रहर डेस्क ललितपुर प्रकाशित मिति: २०८० चैत्र २१, बुधबार (१ साल अघि)

  • ६०४ पटक पढिएको
  • राष्ट्रकै पहिचानको रुपमा स्थापित परम्परागत अमूर्त सम्पदाहरुलाई राज्यस्तरबाटै संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न सरोकारवालाहरुले माग गरेका छन् । ललितपुर खोकनाको ऐतिहासिक १२ वर्षे सिकाली जात्रा काठमाडौं ल्याइने सम्वन्धमा जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका वक्ताहरुले यस्तो माग गरेका हुन् ।

    कार्यक्रममा ज्यापु महागुथि काठमाडौं महानगर समितिका अध्यक्ष साथै सिकाली अजिमा जात्रा व्यवस्थापन तथा समन्वय समितिका संयोजक पंचलाल महर्जनले समुदायले जोगाइराखेको मूर्त अमूर्त सम्पदामा राज्यले अपनत्व लिइ सरोकार देखाउनुपर्ने माग राखे । ‘यस्तै देवी नाच लगायत समुदायले बनाएको विभिन्न अमूर्त सम्पदाहरु राष्ट्रकै पहिचान बनेको छ । यसको संरक्षण, दीगो व्यवस्थापनका लागि राज्यले नै अपनत्व लिएर अघि बढ्नुपर्ने देखिन्छ’ संयोजक महर्जनले भने ।

    पत्रकार सम्मेलनमा आउँदो चैत्र २२ गते सिकाली अजिमा जात्राका देवगणहरु खोकनाबाट पैदल नै काठमाडौं आउने बताइएको थियो । चैत्र २२ गते खोकनाबाट देवगणहरु काठमाडौं पचली पुग्ने र पचलीबाट काठमाडौं विभिन्न क्षेत्र हुँदै हनुमानढोका नासल चोक पुग्नेछन् । सो क्रममा पचलीबाट देवगणहरु मचली, चल्खु, मुसुंबहाः हुँदै सिकाली, कुमाःननि, ओन्दे, ह्यूमत, जैसीदेगल, कोहिटी, भीमसेनस्थान, मरु, प्याफल, कम्पुकोटको आर्मी गेटबाट मखन महिन्द्रेश्वर महादेव हुँदै हनुमानढोका नासल पुग्नेछन् ।

    परम्परा अनुसार हनुमान ढोका दरवारमा तीन वटा नाच प्रदर्शन गरिनेछ । २२ र २३ गतेका दिनमा नासल चोकमा देवी नाच प्रदर्शन गरिनेछ भने २९ र ३० गते तलेजु मन्दिर अगाडीको त्रिशुल चोकमा सिकाली अजिमा देवगणको नाच प्रस्तुत हुनेछ । २०८१ बैसाख ९ र १० गतेका दिनमा हनुमानढोका बाहिर रहेको कालभैरव पछाडीको डबलीमा नाच प्रदर्शन हुनेछ । त्यसैगरी जन समुदायबाट माग र व्यवस्थापन भएमा इन्द्रचोक, लगन र सिंहसतल लगायतका स्थानमा पनि नाच प्रदर्शन गरिने व्यवस्थापन तथा समन्वय समितिले जनाएको छ । हनुमानढोकामा हुने तीनवटा नाचको लागि करीब १७ लाख रुपैयाँको आवश्यक हुने र अन्य स्थानमा नाच प्रदर्शन गर्न स्थानीयबाटै सबै व्यवस्थापन हुनुपर्ने समितिले जनाएको छ ।

    यस वर्ष सिकाली जात्राको १२ वर्षे मेला भएकोले सिकाली अजिमा देवगण काठमाडौं प्रवेश भएर विभिन्न ठाउँमा देवी नाच प्रदर्शन गर्न लागिएको ललितपुर महानगरपालिका २१ वडाका वडाध्यक्ष रविन्द्र महर्जनले बताए । ‘यो नाच विगतमा कीर्तिपुरमा पनि लग्ने गरिन्थ्यो, जुन परम्परा अहिले टुटेका छ । त्यस्तै अरु विभिन्न ठाउँहरुमा पनि लग्ने गरिन्छ । ललितपुर महानगरपालिकाबाट पनि बजेट छुट्याएर परम्परालाई निरन्तरता दिन खोजिरहेका छौं’ वडाध्यक्ष महर्जनले भने । १२ वर्षे नाच भएकोले देवगणको नयाँ पोशाक, मुकुण्डो बनाउन, पूजा व्यवस्थापन आदिका लागि ६० लाखको कोष बनाएको महर्जनले जानकारी दिए ।

    कार्यक्रममा ज्यापु महागुथि काठमाडौं महानगर समितिका पदाधिकारीहरु, काठमाडौं महानगरपालिका १२ वडाका अध्यक्ष बालकृष्ण महर्जन, वडा सदस्यहरु र स्थानीय बुद्धिजीविहरु लगायतको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    स्थानीय सम्बन्धि थप
  • ललितपुर-३ मा थापा जिताउने मिसन: २०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन
    हरप्रहर

    ललितपुर-३ मा थापा जिताउने मिसन: २०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

  • रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    हरप्रहर

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

  • स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    हरप्रहर

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना
    हरप्रहर

    पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

  • ताजा खबर
  • १

    वीरगञ्जको आदर्शनगरमा सुरक्षाकर्मी र व्यापारीबीच झडप : एक सशस्त्र प्रहरी घाइते, गोदाममा छापा
    ५ घण्टा अघि

  • २

    वरिष्ठ कलाकार सुनिल थापाको निधन
    २ दिन अघि

  • ३

    सरकार चुनाव जिताउन कसैको एजेण्डाको माध्यम बन्न खोजेको जस्तो देखिन्छ : महेश बस्नेत
    ५ दिन अघि

  • ४

    ललितपुर-३ मा थापा जिताउने मिसन: २०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन
    ५ दिन अघि

  • ५

    एकल बहुमत पाए पाँच वर्षभित्र ठोस परिवर्तन गरेर देखाउँछौँ : तोषिमा कार्की
    १ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution