Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ १९, बिहिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

१ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

३ हफ्ता अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
२

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

३ हफ्ता अघि
३

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
४

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
५

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

१ हफ्ता अघि
६

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
७

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
८

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि

महेश बस्नेतको राजनीतिक करियर नै धराप पार्ने त्यो ‘अरेली काँडैले’, यो जाहेरी

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८० चैत्र २६, सोमबार (१ साल अघि)

  • ३३७ पटक पढिएको
  • नेकपा एमालेका नेता, पूर्वमन्त्री महेश बस्नेत पछिल्लो समय धादिङ चैनपुरकी जानुका पाठक उर्फ शोभासँग सम्बन्धमा रहेको चर्चा सामाजिक संजालमा व्याप्त थियो । एमालेमै क्रियाशील महिला नेतृ शोभा र महेशबीच जोडिएका तस्बिरहरु सार्वजनिक भएका थिए ।

    त्यस्तै केही महिना अघि महेश जस्तै देखिने एक पुरुष र महिला एउटा होटेल वा अपार्टमेन्टजस्तोको कोठाको बेडमा श्रीमान् श्रीमतीजस्तो देखिने गरी बनाएको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो ।

    त्यसलगत्तै महेशले आफूलाई बदनाम गराउन यस्तो भिडियो सार्वजनिक गरिएको प्रतिक्रिया जनाएका थिए । ‘अरेली काँडैले मलाई च्वास्सै च्वास्सै’ भन्ने गीतमा बनाइएको भिडियो क्लिप्सबारे प्रशस्त प्रतिक्रियाहरु आएका थिए । फोटो र भिडियोका विषयमा युवा संघका कार्यकर्ताहरुले बस्नेतको बचाउ गर्दै आएका थिए । त्यस्तै ती महिलाले श्रीमानसँग सम्बन्धविच्छेद गरी ‘कुमारी’रहेको अर्थात् अविवाहित भएको प्रमाणपत्र बनाएको समाचारहरु सार्वजनिक भएका थिए ।

    भाइरल भिडियो र फोटोका कारण बस्नेतको राजनीतिक करियरमै असर गर्ने अनुमान गरिँदै आएको छ । हुन त बस्नेतविरुद्ध पटक पटक उजुरी पर्ने गरेको भएपनि युवतीसँग अन्तरंग सम्बन्धका खबरहरु सार्वजनिक भएका थिएनन् । शोभाले भने सार्वजनिक रुपमै अभिव्यक्ति दिँदै बस्नेतसँग पाँचबर्षदेखि सम्बन्धमा रहेको बताएकी थिइन् । त्यतिमात्र होइन बस्नेत र शोभाबीच अश्लिल टेलिफोन कुराकानी भएको अडियो नै सामाजिक संजालमा भाइरल बनाइएको थियो ।

    शोभासँगको सम्बन्ध सेलाउन नपाउँदै आइतबार बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएपछि उनको ‘राजनीतिक करियर’ माथि नै धक्का लाग्ने देखिएको छ । मुलुकी अपराध संहिता–२०७४ अनुसार उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा फौजदारी कसुरमा जाहेरी दर्ता भएको र कानुनी प्रक्रिया अघि बढेको परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिइसकेका छन् ।

    हुलाकमार्फत जाहेरी दिने युवतीले भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएको खत्रीले आइतबार नै बताएका थिए । जाहेरी कसले दिएको भन्नेबारे प्रहरीले खुलाएको छैन ।

    बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी छन् । पीडितले प्रहरीमा दिएको जाहेरीमा काठमाडौं महानगरपालिका–१० बबरमहलस्थित सनसाईन अपार्टमेन्ट र भारतको गुडगाउँस्थित तुलसी हेल्थकेयर अस्पतालमा बलात्कार गरेको उल्लेख छ ।

    बस्नेतमाथि २ महिना १५ दिनको भ्रूण हत्या गरेको पनि आरोप छ । औषधि खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रूण हत्या गरेको पीडितले आरोप लगाएकी छन् । मुलुकी अपराध संहिता ०७४ को दफा–१८८ को विपरीत भ्रू्ण हत्या गरेको कसुरमा बस्नेतलाई कारबाही गर्न माग गरिएको छ ।

    जाहेरीमा बलात्कार र भ्रूण हत्या मात्र उल्लेख नभइ महिलाले बस्नेतविरुद्ध डाँका चोरीको पनि आरोप लगाएकी छन् । गत फागुन ८ गते बिजुली बजारस्थित अपार्टमेन्टमा छिरेर डाँका चोरी गरेको आरोप पनि उनले लगाएकी छन् ।

    ती महिलाका अनुसार बस्नेतले आफू पनि आएको भन्दै झुक्याएर दुई जना युवालाई अपार्टमेन्टमा छिराएर कुटपिटसमेत गर्न लगाएका थिए । त्यसपछि आफ्नो साथका दुईवटा मोबाइल र अन्य विद्युतीय सामान लगेको दाबी उनले गरेकी छन् । जाहेरीपछि नेता बस्नेतको कुनै सार्वजनिक प्रतिक्रिया आएको छैन ।

    अधिवक्ता रामचन्द्र पौडेल(आरसी बिमल) बलात्कार र भ्रूण हत्याको विषय फरक भएकाले प्रमाण पुगेको अवस्थामा फरक फरक कारवाही हुने बताउँछन् ।

    ‘फौजदारी अपराध संहिता दफा १८८ ले गर्भपतन गर्न नहुने भन्छ । कसैले गर्भवती महिलालाई करकापमा पारी वा धम्की दिइ वा ललाइफकाइ वा प्रभावमा पारी गर्भपतन गर्न नहुने भन्छ । त्यस्तै १२ हप्तासम्मको गर्भ भइ पतन गराए एक बर्षसम्म कैद र १० हजारसम्म जरीवाना, त्यस्तै १२ हप्ता माथि २५ हप्तासम्मको गर्भ रही पतन गराए तीन बर्षसम्म कैद र ३० हजार रुपैंयाँसम्म जरीवाना हुने व्यवस्था छ,’ अधिवक्ता पौडेलले भने । कानुन बमोजिमका हकमा भने फरक कानुनी व्यवस्था रहेको, महिला आफूखुशी गराएको खण्डमा आफ्नै कानुनी व्यवस्था रहेको उनले बताए ।

    मुलुकी ऐनको ज्यानसम्बन्धी महल २८(ग) मा १२ सातासम्मको गर्भ भए एक बर्ष, २५ साताको तीन वर्ष र त्यसभन्दा माथिको गर्भपतन गर्नेलाई पाँच वर्षसम्म कैद व्यवस्था छ । यस्तै, गर्भपतन गर्ने गराउने उद्देश्यले भ्रूण लिंग पहिचान गर्ने गराउने दुवैलाई ३ देखि ६ महिनासम्म कैद, लिंगका आधारमा गर्भपतन गर्ने गराउनेलाई हुने सजायमा थप एक वर्ष कैदको व्यवस्था रहेको पाइन्छ ।

  • महेश बस्नेत
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    हरप्रहर

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

  • इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    हरप्रहर

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

  • बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    हरप्रहर

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

  • माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ
    हरप्रहर

    माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    १ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    १ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    २ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution