Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ २१, शनिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

४ हफ्ता अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

४ हफ्ता अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

४ हफ्ता अघि
२

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
३

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

४ हफ्ता अघि
४

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
५

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
६

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
७

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
८

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि

भद्रकाली प्रदर्शनमा पक्राउ परेकाहरुलाई रिहा नगरिए प्रहरी चौकी घेराउ गरिने

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८० चैत्र २७, मंगलबार (१ साल अघि)

  • ४९३ पटक पढिएको
  • भद्रकाली प्रदर्शनको क्रममा पक्राउ परेकाहरुलाई तत्काल रिहा नगरिए चौकी घेराउसम्मका विरोध कार्यक्रम गर्ने नेवाः राष्ट्रिय परिषदले जनाएको छ । राष्ट्रिय मुक्ति क्रान्ति अभियान अन्तर्गतको नेवाः राष्ट्रिय परिषदले आज सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेको हो । कार्यक्रमका वक्ताहरुले शनिबार भएको शान्तिपूर्ण सांस्कृतिक ¥यालीमाथि राज्यले बरबरता देखाएको भन्दै पक्राउ परेकाहरुको तत्काल रिहाईको माग गरेका हुन् ।

    कार्यक्रममा बोल्दै नेवाः राष्ट्रिय परिषदका संयोजक सुमन सायमीले राज्यले नागरिकको शान्तिपूर्ण रुपमा सांस्कृतिक प्रदर्शन पाउने संवैधानिक अधिकार खोसेको बताए । शान्तिपूर्ण रुपमा भएको सांस्कृतिक प्रदर्शनमा प्रहरीले महिला, बौद्ध भिक्षुहरुलाई समेत निर्घात कुटपिट गरेको र अस्पतालमा उपचाररत घाइेतलाई समेत पक्राउ गरेको बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्रमा यस्तो हुन्छ भने यो लोकतन्त्रकै उपहास हो । हाम्रा ६ जना साथीहरु अझै हिरासतमै छन् । उनीहरुलाई बुधबारसम्ममा निःशर्त रिहा नगरिए हामी चौकी घेराउसम्मका विरोध कार्यक्रम अघि बढाउनेछौं’ संयोजक सायमीले भने ।

    गत चैत्र २४ गते शनिबार परिषदले बसन्तपुरबाट सांस्कृतिक ¥याली निकालेको थियो । सो ¥याली बसन्तपुरबाट काठमाडौंको विभिन्न क्षेत्रबाट टुँडिखेल हुँदै भद्रकाली पुगेको थियो । भद्रकाली पुगेपछि प्रहरीले निषेधित क्षेत्र भन्दै रोक्न खोज्दा त्यहाँ दुवै पक्षबीच झडप भएको थियो । झडपको क्रममा प्रहरीले चिवर लगाएका बौद्ध भिक्षुलाई समेत लात हान्दा यसको सर्वत्र आलोचना र विरोध भइरहेको छ । यद्यपि प्रहरीले भने बौद्ध भिक्षुलाई दुर्व्यवहार गर्ने प्रहरीलाई विभागीय कारवाही गर्ने बताइसकेको छ ।

    आजको पत्रकार सम्मेलनमा बोल्दै अभियानका संयोजक राजेन्द्र महतोले भिक्षुलाई दुर्व्यवहार भएकोमा प्रहरीलाई कारवाही गरेर नपुग्ने भन्दै गृहमन्त्रीले माफी माग्नुपर्ने माग राखेका छन् । ‘शान्तिपुर्ण सांस्कृतिक प्रदर्शनमा आएकालाई टाउको फुटाइदिने, धिमेय्, डम्फु, झ्याम्टालगायतका सांस्कृतिक बाजा फुटाइदिने, भिक्षुलाई लात हान्ने । यो सबैको जिम्मेवारी गृहमन्त्रीले लिएर माफी माग्नुपर्छ । माफी नमाग्ने भए गृहमन्त्रीले राजिनामा दिए हुन्छ’ महतोले भने । साथै महतोले बहुलराज्य स्थापना, र नेपाः मण्डल प्रदेश घोषणा नभएसम्म आफुहरुको अभियान नरोकिने उद्घोष गरे । राज्यले नै आदिवासी जनजाति समुदायको पहिचान मेटाउने लागिपरेको आरोप लगाउँदै महतोले सबैको अस्तित्व स्थापित गर्न आफुहरुले अभियान थालेको बताए । ‘माइतीघर हैन, फिब्वख्यः हुनुपर्यो, टुँडिखेल होइन, तिंख्यः नै हुनुपर्यो र बागमति प्रदेश होइन, नेपाःमण्डल प्रदेश हुनुपर्यो नेवाः समुदायको भुमिमा । एकनश्लीय सोच र नीति कसैलाई पनि स्वीकार छैन’ संयोजक महतोको भनाई हो ।

    स्वनिगः विशेष ब्यूरोका संयोजक रविन्द्र कुमार श्रेष्ठले शान्तिपूर्ण प्रदर्शनमा बौद्ध भिक्षु, रमजानको व्रत बसिरहेका मुस्लिम समुदायमाथि मात्र नभई, प्रदर्शनमा सहभागी नै नभएका भद्रकालीमा दर्शन गर्न आएका तामाङ दर्शनार्थीहरुलाई समेत प्रहरीले लखेटी लखेटी कुटपिट गरेको आरोप लगाए । कार्यक्रमका अन्य वक्ताहरुले सबैको अपनत्व हुने, समानता र समावेशी प्रतिनिधित्वसहितको बहुलराष्ट्रिय राज्य स्थापनाका लागि पटक पटक भद्रकालीमा भेला हुने र पटक पटक टाउकोमा लाठी खान तयार रहेको भन्दै एकलजातीय राज्य अन्त्य हुनुपर्ने माग गरेका थिए । पत्रकार सम्मेलनमार्फत बहुलराष्ट्रिय राज्य स्थापनार्थ सम्पूर्ण नेपालीहरु एक हुन आह्वान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    हरप्रहर

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

  • बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    हरप्रहर

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

  • माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ
    हरप्रहर

    माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

  • नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा
    हरप्रहर

    नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    १ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    २ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    २ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution