Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ १९, बिहिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

१ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

३ हफ्ता अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
२

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

३ हफ्ता अघि
३

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
४

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
५

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

१ हफ्ता अघि
६

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
७

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
८

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि

एमाले फर्किएका ललितपुरका पूर्व समाजवादीहरु जिल्ला कमिटीबाटै ‘क्लिन स्वीप’

सौगात आशक ललितपुर प्रकाशित मिति: २०८० चैत्र २९, बिहिबार (१ साल अघि)

  • ७५२ पटक पढिएको
  • चैत्र २३ गतेबाट नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीको जिल्ला अधिवेशन सुरु भयो । नेतृत्व चयन सर्वसम्मतमार्फत गर्नका लागि अधिकतम प्रयास भयो तर प्रयास जुट्न नसके पछि निर्वाचनको विकल्प रहेन । अध्यक्षमा यस अघि पनि नेतृत्व सम्हालिरहेका पुरुषोत्तम आचार्यले बाजी मारे । ४ जना अध्यक्षको प्रतिष्पर्धामा उत्रिएका प्रतिष्पर्धीमध्ये चेतनाथ संजेलले १ सय ५४ मत, दिनेश कार्कीले ८१ मत र सुवर्ण श्रेष्ठले ९ मत ल्याए भने अध्यक्षमा विजयी आचार्यले २ सय २९ मत ल्याए । अधिवेशनमा ४ सय ७८ प्रतिनिधि रहेकामा ४ सय ७३ मत खसेको थियो ।

    यसमा रोचक कुरा त के रहयो भने एमालेबाट बिद्रोह गरेर माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) खडा गरेर १ वर्ष अघि एमालेमै फर्किएका मध्ये सबै निर्वाचनबाट पाखा लागिए । मात्र एक जनाले सदस्यमा निर्विरोध निर्वाचित हुने चाँजोपाँजो मिलाए । बाँकी सम्पूर्णलाई प्रतिनिधिले पत्याएनन् । १० बुंदे सहमति अनुरुप एमालेमा अडिएकाको हकमा पनि सोहि कुरा लागु भयो।

    नेकपा (एकीकृत समाजवादी) ललितपुर जिल्ला कमिटीका सचिवसमेत रहेका सुदर्शन मिश्र एमाले फर्किएर पुनः सोही पदका लागि उम्मेदवारी दिएका थिए । उनी राम राउतसँग पराजित भए । सदस्यका लागि प्रतिस्पर्धामा रहेका शालिकराम मिश्र, राजेन्द्र थापा मगर, ऋषिराज भेटवाल, माधव बञ्जरा, लक्ष्मण रोकालगायतका पूर्व समाजवादीहरुले जिल्ला कमिटीमा ठाउँसमेत पाएनन् । पूर्व समाजवादीबाट नविन तण्डुकारले भने अध्यक्ष आचार्यसँगको निकटताका कारण निर्विरोध निर्वाचित हुने केही तारतम्य मिलाउन सफल भएको एक प्रतिनिधिले बताए ।

    एमालेको ललितपुर जिल्ला कमिटीको अधिवेशनले नेकपा (एकीकृत समाजवादी) छाडेर एमाले फर्किन तयारीमा बसेका कार्यकर्ताहरु झस्किएका छन् । उचित स्थान र जिम्मेवारी दिने वाचासहित एकीकृत समाजवादी छाडेर एमाले फर्किएकाहरुलाई ‘चोक्टा खान गएको, झोलमा डुब्नु परेको’ उखानसँग मेल खाएको चर्चा हुने गरेको छ ।

    नेकपा (एकीकृत समाजवादी) को संस्थापकको जिम्मेवारीबाट पन्छिएर वैचारिक विचलन भएकाहरुलाई कसैले पनि विश्वास गर्न नसक्ने ललितपुर समाजवादीमा सन्देश पुगेको छ । पार्टी फर्काउन अनेक आश्वासन दिएर ल्याइएकाहरुलाई आवश्यकतामा भित्तामा पुर्याइने गरेको एमाले फर्किएका एक पूर्व समाजवादी कार्यकताले बताए । आफूहरुलाई हराउने पार्टी नेतृत्वको नियती अनुरुप नै आफूहरु पराजित भएको पूर्व समाजवादीहरुको बुझाइ रहेको छ ।

    अघिल्लो वर्ष चैत्रमै नेकपा एमाले पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमबीच महासचिव शंकर पोखरेलले ललितपुरको एकीकृत समाजवादीको जम्बो टोली एमाले प्रवेश गराएका थिए । पार्टी छाडेर नयाँ पार्टी गठन गरिसकेको अवस्थामा पुनः सोही पार्टीमा फर्किन औचित्य पुष्टि गर्न सकिनु पर्थ्यो, नयाँ पार्टी गठनको औचित्य पुष्टि र गठन गरेको पार्टी छाडेर एमाले फर्किनु पर्ने दुवै कारण अस्पष्ट हुँदा एमालेले उनीहरुलाई नपत्ताएको एमालेका एक नेताले बताए ।

    अध्यक्षका प्रत्यासी रहेका दिनेश कार्कीले पार्टीमा रहेको आर्थिक अनियमितताको विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताएका थिए । स्थानीय निकाएको निर्वाचनका बखत टिकटमा भएको आर्थिक चलखेलकाविरुद्ध आफ्नो उम्मेदवारी रहेको उनको भनाइ थियो । अध्यक्षका अर्का प्रत्यासी चेतनाथ संजेलले पार्टीमा फर्किएका कार्यकर्ताहरुको मनोबल गिराउनु उचित नरहेको बताए । आफ्नो उम्मेदवारी सबैलाई समेट्नुको लागि रहेको पनि संजेलको भनाइ थियो । आचार्यले सबै उम्मेदवारलाई आफ्नो प्यानलको भन्दै उनीहरुलाई नै बाइपास गरेका कारण धेरै उम्मेदवार उनीसँग रुष्ट रहेका छन् ।

    ललितपुरमा बलियो रहेको एमाले आफ्नै कार्यकालमा कम्जोर बन्यो, अब पुनः एक पटक नेतृत्व सम्हालेर ललितपुरमा बलियो एमाले बनाउन चाहेको भन्दै आचार्यले पुनः अध्यक्षमा उम्मेदवारी दिएका थिए । ‘फुटले कम्जोर बनेको पार्टीमा कार्यकर्ता फर्किरहँदासमेत विगतलाई भुल्न नसकेको ललितपुर एमालेले नव निर्वाचित अध्यक्ष आचार्यको संकल्प पुरा गर्न सक्ला?’ भन्ने प्रश्न उब्जिएको छ । बन्दशत्रको क्रममा एमाले ललितपुर महानगर कमिटीका उपाध्यक्ष मोहन सिलवाल, जिल्ला कमिटी सदस्य केशव व्यञ्जनकार र वर्तमान उप-सचिव प्रभाकर थापाले उठाएका आर्थिक अनियमितताका सवालका प्रश्नमा नेतृत्वले उचित जवाफ नदिइ अगाडि बढेका कारण पनि अध्यक्ष आचार्यको संकल्पले पूर्णता नपाउने पार्टी भित्रकै नेता कार्यकर्ताको बुझाइ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    हरप्रहर

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

  • इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    हरप्रहर

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

  • बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    हरप्रहर

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

  • माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ
    हरप्रहर

    माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    १ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    १ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    २ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution