सुनको मूल्य एकैदिन तोलामा १ हजार ४ सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको अन्तिम दिन आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
यस्तै तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
त्यसैगरी, आज चाँदीको मूल्य २० रुपैयाँले बढेको छ। बिहीवार प्रतितोला १६ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १६ सय ७५ रूपैयाँमा कारोबार भएरहेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७