काठमाडौँ, १६ वैशाख : काठमाडौ तारकेश्वर नगरपालिका ११ स्थित एन आर कलेज नेपालटारमा कलेज समुदाय सहकार्य कार्यक्रम,रक्तदान तथा नि शुल्क स्वास्थ्य शिविर वैशाख १७ गते सोमबार हुने भएको छ।
उक्त स्वास्थ्य शिविर एन आर कलेज पूर्व विधार्थी समाजको आयोजना तथा सशस्त्र प्रहरी परिवार महिला संघको सहयोगमा नेपाल ए पी एफ अस्पतालको प्राविधिक सहयोग आयोजना हुन लागिएको परोपकार अधिकारीले जानकारी दिए।
शिविरमा स्त्रीरोग, बालरोग आँखा सम्बन्धि रोग, थाईराईड, साधारण स्वास्थ्य परिक्षण,इ सि जि अल्ट्रासाउन्ड,इ एन टि सेवाहरु शिविरमा दिईने छ। स्वास्थ्य शिविर विहान ७ बजेदेखि ११: ३० बजेसम्म एन आर कलेज प्राङ्गणमा चल्नेछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३