सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला आइतबार पार्टी संघीय परिषद् अध्यक्ष अशोक राईले नयाँ पार्टी गठन गर्न निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् ।
आइतबार अपरान्ह ७ जनाको हस्ताक्षरसहित आयोगमा पुगेर राईले आधिकारिकता पेस गरेका हुन् ।
राई नेतृत्वको समूहको यस कदमसँगै सत्तारूढ दल जसपा विभाजित भएको छ । यद्यपि, दल विभाजन गर्ने कानुन भने निष्क्रिय छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ मा अध्यादेश ल्याएर जसपा र तत्कालीन एमाले फुटाइएको थियो। उक्त अध्यादेश तत्कालै फिर्ता लिए पनि साविकको कानुनी व्यवस्था अझैसम्म जगाइएको छैन ।
उता पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव गत शनिबार अमेरिका गएका थिए ।
अप्रिल ३० देखि मे ३ तारिखसम्म यूएन सेक्रेटरियट न्यूयोर्कमा हुने विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपालको प्रतिनिधिका रूपमा सहभागी हुन यादव शनिबार बेलुकी अमेरिका गएका थिए ।
उनी सोमबार नेपाल फर्किने छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३