Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ २९, आईतबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

१ महिना अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

१ महिना अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
४

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
५

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि

दिनहुँ आगलागी र डढेलो, पानी परेपछि केही मत्थर

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८१ बैशाख २४, सोमबार (१ साल अघि)

  • २९७ पटक पढिएको
  • काठमाडौं उपत्यकासहित देशभरका बन, जंगल र नीजि घरमा आगलागीका घट्नाले करोडौंको धनजनको क्षति भइरहेको छ । आइतबार मात्रै देशको पाँचवटा जिल्लामा आगलागीका कारण करोडौंको धनमाल जलेर नष्ट भएको तथ्यांक सार्वजनिक भएको छ ।

    नेपालमा हरेक तीन–चार वर्षको अन्तरालमा डढेलो र आगलागीले उच्च बिन्दु नाघ्ने गरेको छ । पछिल्ला चार महिनामा पाँचहजार बढी स्थानमा डढेलो र आगलागी घटनामा ७६ जना बढीले ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको थियो । त्यस्तै १२ सय ९७ घर जलेको समाचार बाहिरिएको थियो ।

    नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार आइतबार दिउँसो सल्यान, शारदा नगरपालिका–१० मदनास्थित जुकेनाखोला खरबारीमा लागेको आगो फैलिएर सिद्ध प्राथमिक विद्यालय मदना स्कुलमा समेत आगलागी हुँदा स्कुलभित्र रहेका बेन्च, डेस्क र पुस्तक समेत जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

    यसैगरी सल्यान जिल्लाकै कुमाख गाउँपालिका–५ झ्यामबारी गाउँस्थित काफलगेडी सामुदायिक वनमा आइतबार दिउँसो लागेको आगो फैलिएर सोही स्थानका १ वटा घर र ४ वटा गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन् ।

    रूपन्देही, बुटवल उपमहानगरपालिका–८ सुख्खानगर मिलिगिरी पथस्थित ब्याडमिन्टन हलमा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा हलभित्र रहेको पर्दा, लाइट र टिन पूर्ण रूपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

    त्यस्तै, तेह्रथुम, फेदाप गाउँपालिका–२ गम्बु चोक बस्ने ४२ वर्षीय बिशाल भण्डारीको कच्ची गोठमा आइतबार राति लागेको आगो फैलिएर गोठ नजिकै रहेको घरमा समेत आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ४३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

    सिन्धुली, कमलामाई नगरपालिका–६ गैरी बजार बस्ने प्रर्मिला देवी साहको घरमा रहेको भोला फेन्सी स्टोरमा करेन्ट सर्ट भई गएराति आगलागी हुँदा स्टोर पूर्णरूपमा जलेर करिब एक करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

    यसैगरि सिरहा, नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिल्स प्रालिको कम्पाउन्डभित्र राखिएको उखुको शिटी (भुषमा) आइतबार राति आगलागी हुँदा करिब २० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

    त्यस्तै, सोमबार बिहान दाङ, राप्ती गाउँपालिका–१ पखापानीस्थित गंज बहादुर बिष्टको जिआर फर्निचरमा आगलागी हुँदा काठ चिर्ने मेसिन लगायतका सामान जलेर करिब ५० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

    प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धामा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    यद्यपी, लामो समयपछिको वर्षाका कारण गण्डकी, बागमती र कोशी प्रदेश क्षेत्रको केही ठाउँको डढेलो नियन्त्रणमा आएको छ । नासाको मोडिज भूउपग्रहको तथ्यांक हेर्दा पूर्वी र मध्य नेपालसँगै पश्चिममा गण्डकी क्षेत्रको डढेलो थोरै घटेको छ । तर, पश्चिममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको डढेलो भने कायमै छ ।

    प्रतिक्रिया दिनुहोस
    समाज सम्बन्धि थप
  • गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु
    हरप्रहर

    गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

  • जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, २० जना बढी घाइते
    हरप्रहर

    जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, २० जना बढी घाइते

  • वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
    हरप्रहर

    वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

  • विदेश घुम्न जाने नेपालीहरुको संख्या बढ्यो
    हरप्रहर

    विदेश घुम्न जाने नेपालीहरुको संख्या बढ्यो

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    २ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    ३ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ३ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ३ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution