जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक सोमबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्दैछ ।
बैठकमा पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर सत्ता गठबन्धनबाट बाहिरिनेबारे निर्णय हुने जनाइएको छ । जसपा नेपालबाट पार्टी अध्यक्षसमेत रहेका उपेन्द्र यादव उपप्रधान एवम् स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा छन् ।
जसपा नेपालबाट यसअघि १२ सांसद् रहेकोमा अशोक राईले पार्टी विभाजन गरेसँगै राईसँग ७ र यादवसँग ५ सांसद रहेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३