सभामुख देवराज घिमिरेले दलहरुबीच सहमति नहुँदा संसदीय कामकारबाही प्रभावित हुने देखिएको र त्यसले संवैधानिक संकटको अवस्था सिर्जना गर्नसक्ने बताएका छन् ।
नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नु पूर्व दलका सचेतक तथा प्रमुख सचेतकसँगको छलफलका क्रममा सभामुख घिमिरेले दलहरूबीच सहमति नहुनुले नीति तथा कार्यक्रममाथिको छलफल, आगामी बैठकहरु र बजेट प्रभावित हुने अवस्था आउनु राम्रो नभएको बताए ।
‘राजनीतिक दलहरुबीच सहमति नहुँदा संसदका बिजनेश प्रभावित हुने देखिएको छ । संवैधानिक संकट हुने अवस्था नआओस्’ सभामुखको भनाई उदृत गर्दै सभामुखको सचिवालयले जनाएको छ ।
यस्तै, बैठकमा कांग्रेस सचेतक सुशीला थिङले कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न सहयोग गर्ने संसदीय समितिको निणर्य सुनाउँदै छानबिन समिति नबनेसम्म संसदीय विरोधका कार्यक्रम जारी राख्ने जानकारी गराइन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले भने पार्टी सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आजको बैठकमा बोल्ने समय दिनुपर्ने माग गरे ।
‘सभामुखले गएको बैठकमा गृहमन्त्रीलाई बोल्न समय दिनुभएको थियो तर, बोल्न पाउनुभएको छैन । आजको बैठकमा त्यसको निरन्तरतास्वरुप बोल्न दिनुपर्छ । गृहमन्त्रीले बोल्न पाउनुपर्छ । धन्यवाद प्रस्ताव टेबल नभएसम्म नीति तथा कार्यक्रमको कोर्ष पूरा हुँदैन । कांग्रेसले पुनर्विचार गर्नुपर्छ ।’
बैठकमा सभामुखले आजको संयुक्त सदन र प्रतिनिधि सभाको बैठकका कार्यसूची र नीति तथा कार्यक्रममाथिको छलफलको तयारीबारे समेत जानकारी गराएको उनको सचिवालयले जनाएको छ ।
सदनको गतिरोध अन्त्य गर्न निरन्तर प्रयासरत सभामुखले संयुक्त बैठक बस्नु अघि दलका सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका हुन ।
‘राजनीतिक दलहरुबीच सहमति नहुँदा संवैधानिक संकट हुने अवस्था नआओस्’
काठमाडौं ।

www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३