जनमत पार्टीका अध्यक्ष डा.सीके(चन्द्रकान्त) राउतले संसद रंगमञ्च जस्तो मात्रै भइरहेको बताएका छन् ।
आइतबार काठमाडौंको नेपाल ल क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै उनले संसदमा बोल्न निषेध कसैले पनि गर्न नहुने भन्दै नेपाली कांग्रेसले खाली गृहमन्त्री रवि लामिछानेलाई मात्र टारगेट गर्नु गलत भएको बताए ।
उनले भने,‘मंैले पनि पटक पटक भन्ने गरेको छु, यो संसद रंगमञ्च मात्रै भयो है भनेर । संसदमा बोल्न दिनुपर्ने हो । दोष होला नहोला छुट््टै कुरा तर बोल्न निषेध कसैले पनि गर्नुहुँदैन् जस्तो लाग्छ । छानविन त अरु जोकोहीको पनि गर्न सकिन्छ । त्यही भएर एउटा मानिसलाई मात्र टारगेट गर्नुहुँदैन् ।’
उनले संसदमा साँढेको जुधाई जस्तो भएको भन्दै ठूला ठूला पार्टी कुस्ती खेलेर बस्दा आफूहरु भने अप्ठारोमा परेको बताए ।
उनले भने,‘संसदमा कस्तो भएको छ भने साँढेको सुधाई जस्तो भएको छ । ठूला ठूला पार्टी कुस्ती खेलेर बसेका छन् । हामीलाई चाहीं कठिन भएको छ । गतल संसदीय अभ्यास भइरहेको छ ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३