प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच वान टु वान भेटवार्ता भएको छ ।
आइताबार देउवालाई भेट्न प्रधानमन्त्री दाहाल देउवा निवास बुढानिलकण्ठ पुगेका छन् । उनले देउवासँग सहकारीको बचत अपचलन प्रकरण छानबिनका निम्ति गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउने विषयमा देउवासँग दुइपक्षीय छलफल गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच टीओआर टुंगो लगाएर संसदमा जारी गतिरोध अन्त्य गर्न निरन्तर कार्यदलका सदस्यले छलफल गर्दै आइरहेपनि गाँठो फुकाउन कांग्रेस तयार भएको थिएन । यता सत्तापक्षले पनि गृहमन्त्रीको नामै किटान गरी समिति गठन गर्ने कांग्रेसको बटमलाइनमा सहमत नभएपछि टीओआर टुंगो लगाउने जिम्मा कार्यदले शीर्ष नेताहरुलाई छाडेको छ ।
शनिबार साँझ उक्त विषयमा शीर्ष नेताहरुबिच भएको छलफल कार्यादेशमा सहमति जुट्न नसक्दा आइतबार बिहान ९ बजे बैठक बस्ने गरि हिजोको बैठक सकिएको थियो । तर, शीर्ष नेताहरुबीचको बैठक बस्नुअघि नै दाहाल देउवालाई फकाउन बुढानिलकष्ठ पुगेका छन् ।
आज संसद् बैठक अघि शीर्ष नेताहरुले सो विषयमा सहमती जुटाएर सदनबाट नीति कार्यक्रम पारित गर्ने तयारी सरकारको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३