सरकारले आगामी आर्थिक वर्षमा ‘हाम्रो बा–आमा, हाम्रो जिम्मेवारी’ नारासहितको कार्यक्रम लागू गर्ने घोषणा गरेको छ ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत बजेटमा ‘हाम्रो बा–आमा, हाम्रो जिम्मेवारी’ नारासहित कार्यक्रम संचालन गरिने घोषणा गरिएको छ ।
त्यस्तै मन्त्री वर्षमान पुनले स्थानीय तहमा ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालन गर्ने, सार्वजनिक सेवा अपांगतामैत्री बनाउने, स्वास्थ्य बीमाको दायरा बढाउने लगायतका कार्यक्रमलाई निरन्तरता घोषणा गरेका छन् ।
सरकारले सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई सरकारले निरन्तरता दिने भएको छ । सामाजिक सुरक्षा भत्ताका लागि सरकारले एक खर्ब १६ अर्ब बजेट विनियोजन गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३