नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह अस्वस्थ्य भएका छन् । उनी स्वास्थ्य उपचारका लागि शुक्रबार दिल्ली उडेका छन् ।
कांग्रेस नेतृ एवम श्रीमती सिर्जना सिंह र छोरासहित प्रकाशनमान दिल्ली गएका हुन् । ‘उहाँलाई प्रोष्टेटको समस्या थियो । नेपालमा बसेर उपचार गरिरहनु भएको थियो तर डाक्टरहरुकै सिफारिसमा दिल्लीमा शल्यक्रियाको प्रविधि राम्रो भएकाले त्यता जानुभएको हो,’ कांग्रेस नेता युपी लामिछानेले भने ।
पार्टीका पूर्वमहामन्त्री समेत रहेका सिंह मधुमेह र उच्च रक्तचाप समस्याबाट पनि पीडित थिए । तर नियमित शारीरिक अभ्यासमार्फत उनले मोटोपन घटाएका थिए । हिँडडुल, जगिङ, शारीरिक कसरत र प्राणायाम गरेर स्वास्थ्यको हेरचाह गर्दै आएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३